हार्दिक पटेलको सेक्स भिडियो सामाजिक सञ्जालमा भाइरल

Posted By OSNepal, California, USA || Date: 14 November, 2017

काठमाडौं : गूजरात सरकारको टाउकोदुखाई बनिरहेका भारतीय राजनीतिका युवा हार्दिक पटेलका विरोधीहरुले उनलाई बदनाम गर्न अनेक उपाय खोजिरहेका छन् ।

पछिल्लो समय एउटा भिडियो उनीहरुका लागि गतिलो मसला बनेको छ, जसमा हार्दिक पटेलजस्तै देखिने व्यक्ति अश्लिल क्रियाकलापमा संलग्न छन् । खोजिनारद नामको च्यानलबाट यूट्यूवमा यो भिडियो अपलोड भएको हो । भिडियोमा एक विदेशी युवतीलाई काखमा खेलाइरहेका व्यक्ति हार्दिक पटेल नै हुन् भन्ने विरोधीहरुको दावी छ ।

भिडियोको क्याप्सनमा लेखिएको छ, ‘हार्दिक पटेल, जो गुजरामा पटेल आरक्षण आन्दोलनका नेता हुन् । यिनको कालो करतुत पनि हेरौं । तपाईं जिभ्रो टोक्नुहुनेछ ।’

भिडियोमा ‘हार्दिक पटेलसहित’ तीन जना युवक एक मंगोलियन अनुहारकी युवतीसित छिल्लिइरहेका देखिन्छन् ।हार्दिक पटेल भनिएका व्यक्ति उत्तानो सुतेका छन् भने युवती उनको काखमा बसेर मच्चिइरहेकी छिन् । अरु दुई युवकले उनीहरुलाई हौसाइरहेका छन् ।

यद्यपि अधिकांस भारतीयहरु यी युवक हार्दिक पटेल भएको पत्याउन तयार छैनन् । हार्दिक पटेलसित अनुहार मिल्ने व्यक्तिको भिडियो दुरुपयोग गरिएको उनीहरुको दाबी छ ।

केहिले भने हार्दिक पटेललाई तथानाम गाली गरेका छन् । यो भिडियो आफ्नो नभएको पट्टेलले स्पष्टिकरण दिइसकेका छन् ।

भारतीय सञ्चारमाध्यमहरुले पनि भिडियो हार्दिककै हो भन्ने पुष्टि हुन नसकेको जनाएका छन् । बिबिसी हिन्दीले चुनावी रणनीतिका रुपमा यस्तो भिडियो सार्वजनिक गरेर हार्दिकलाई कमजोर बनाउने खेल सत्तापक्षले गरेको उल्लेख गरेको छ ।

हार्दिकले बिजेपीले राजनीतिक गरेर यस्तो भिडियो तयार गरेको आरोप लगाएका छन् । उनले उक्त भिडियोमा भएको व्यक्ति आफू नभएको समेत स्थानीय सञ्चार माध्यमबाट प्रष्ट पारेका छन् । ‘भिडियोको म होइन । बिजेपीले आफ्नो खराब राजनीतिक आचारण यस्तै काम गरेर देखाइरहेको कुरा अब सकैलाई भनिराख्नु पर्दै’, गान्धीनगरका मिडियासँग कुरा गर्दै हार्दिकले भनेका छन् ।

केही दिनअघि युट्युवमा समेत भएको भिडियो अहिले भने हटाइएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!