नव गायक साजन बाहिंग राईको नयाँ म्युजिक भिडियो अल्लारे बैसमा सार्बजनिक

Posted By OSNepal, California, USA || Date: 14 November, 2017

ओएसनेपाल मोरंग,
बाल्यकाल देखीनै गीत गाउन र जे भेटिन्छ, त्यसलाई बाजाको रुपमा बजाएर गायक बन्न रुचाउने पछिल्लो समयहरुमा आफै गीतहरु लेख्ने र आफुले लेखेका गीतहरुलाइ आफै संगीत भर्ने ।

आज भन्दा करिब ९/१० बर्स अघि त्यहि आफ्नो शब्द सङ्ङितहरुलाइ बोकेर काठमाण्डौ आएको तर आर्थिक समस्याको कारण आफ्नो सिर्जनाहरुलाइ पस्कन नसकेका सुनसरी जिल्ला बराहा नगरपालिकाका एक व्यक्ति को नाम हो साजन बाहिंग राई । उनको त्यो इच्छा ढिलै भएपनि आज आएर पुरा भएको छ ।

राईले सम्पुर्ण नेपाली स्रोता दर्शकमाझ आज नव गायकका रुपमा आफ्नो नया गितको म्युजिक भिडियो लिएर आएका छन्। गायक राईले काली तिम्रो नजरले ,घन्टी बज्यो घन्टी बज्यो , तिम्ले बाटो फेरेउ अरे जस्ता धरै गीतहरुमा श्वर संगीत दिइसकेका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीको एरेन्जमा तयार पारेको उक्त गितको भिडियोलाई बिबेक तिम्सिनाले छायांकन गरेका छन भने मात्रिका पौडेलको निर्देसन रहेको गीतमा मोडेल क्रिस्टिनाले बिशेस भूमिकामा अभिनय गरेकी छिन् ।

उक्त गित गायक तथा संगीतकार टंक बुढाथोकीको युटुब च्यॉनल टंक बुढाथोकी मार्फत बजारमा सार्बजनिक गरेका छन् । पुरा भिडियो हेरेर मनोरंजन लिनुहोस् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!