चर्चित अन्डर वल्र्ड डन दाउद इब्राहिमको सम्पत्ति आज लिलामी हुँदै


एजेन्सी। मोस्ट वान्टेड अन्डर वल्र्ड डन दाउद इब्राहिमको सम्पत्ति आज लिलामी हुँदैछ।अन्तराष्टिंय मिडियाका अनुसार मुम्बईमा अवस्थित दश मध्ये तीन प्रपर्टीज आज लिलामी हुन लागेको बताइएको छ ।

यसअघि दाउदको सम्पत्ति लिलामी गर्ने घोषणा भएपनि किन्ने मानिस भेटिएका थिएनन् अहिले सम्पति लिलामी हुन लागेपनि उनको सम्पती कसले किन्न लागेको हो सो विषयमा केही पनि नखुलाइएको बताइएको छ ।

दाउदको सम्पत्तिको लिलामी चर्चगेटको आएएमसी भवनको किलाचन्द सभा हलमा हुने भारतीय संचारमाध्यमले जनाएका छन्।यो लिलामीमा होटल रौनक अफरोज, डामरवाला भवनको ६ कोठा र याकुल स्ट्रिटस्थित शबनम गेस्ट हाउस छन्।

Comment