भाग्यमानि तेस्रोलिंगी मोनिका शाही,तेस्रोलिंगीलाई धुमधामसंग बिहे गरे रमेशनाथले(भिडियो सहित)

Posted By OSNepal, California, USA || Date: 14 November, 2017

ओएसनेपाल, पोखरा- ‘राजा !’श्रीमान्लाई सम्बोधन गर्ने मोनिकाको शब्द ।ठकुरी परिवारमा जन्मिँदा उनको नाम मनोज थियो । पछि मोनिकामा रूपान्तर भइन् । नेपालकै पहिलो तेस्रोलिंगी बुहारी हुन्- ४० वर्षीया मोनिका शाही । नेपालको सन्दर्भमा तेस्रोलिंगी इतिहासमा पहिलो समलिंगी विवाह गरेकी मोनिका श्रीमान् रमेशनाथ योगीलाई ‘राजा’ भन्छिन् । बुहारीको रूपमा रमेशनाथको घरमा पहिलो पाइला टेक्दा मोनिकाको ढुकढुकी बेस्सरी बढेको थियो । मनभरि भयका ज्वारभाटा मडारिएका थिए । बुहारीकै भेषमा सासूससुराको सामना गर्नुपर्ने थियो उनलाई । साहस बटुलेरै नवदुलही भएर सासूससुरालाई ढोगिन् ।

सासूले ‘बुहारी’ भनिदिएपछि मोनिकाको आँखाबाट आँसुका ढिक्का खस्न थाले । देवर र दुईटी नन्दले ‘भाउजू’ भनेर बोलाउँदा उनको ढुकढुकीको ग्राफ झनै बढ्यो । ‘कसैको श्रीमती हुँला, बुहारी बनुँला’ भन्ने सपना सायद तेस्रोलिंगीले पाल्दैनन् । तर, कहिलेकाहीँ असम्भव पनि सम्भव बन्छ । यस्तै भयो मोनिकाको जीवनमा.हेर्नुहोस यसरी एक तेस्रो लिंगी महिलालाई धुमधामसंग बिहे गरे

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!