खोटाङमा मुढाले लागेर राईको मृत्यु

Posted By OSNepal, California, USA || Date: 14 November, 2017

विराटनगर, २८ कात्तिकः खोटाङमा रुखको मुढाले लागेर एक जनाको मृत्यु भएको छ । रुपाकोट मझुवागढी नगरपालिका–९ बस्ने नरबहादुर राईका १४ वर्षीय छोरा दीपकको मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

सो वडास्थित जंगलमा दाउरा खोज्न डिगेम्पा राई र दीपक सोही जंगलमा गएका थिए । डिगेम्पाले माथिबाट रुखको मुढा लडाउँदा ढुंगामा लागेर उछिट्टिँदा दीपकको टाउको र चिउँडोमा लागेको बताइएको छ ।

गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा भर्ना गरिएपछि उपचारका लागि काठमाडौँ लैजाने क्रममा मृत्यु भएको हो । (रासस)

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!