र्इश्बर दयाल मिश्रले भने अब मलाइ पनि कमरेड भन्नुस

Posted By OSNepal, California, USA || Date: 14 November, 2017

अराज सिहं बेल्बासे कार्तिक २८
स्वतन्त्र समुह बाट सुर्य चिन्हमा उमेदवार बनेका इश्बर दयाल मिश्रले मधेशको बिकासको लागि इतिहासमै सबै भन्दा बढी बजेट हाल्ने पाटी एमाले भएकोले आफु स्वतन्त्र समुहको भए पनि एमालेको कार्यक्रता सम्झेर कमरेड भन्दा पनि हुने बताएका छन । राजपा का अध्यक्ष्य मण्डलका सदस्य समेत रेहेका समुह हरु ह्देश त्रिपाठी पुर्वसासंद बृजेस कुमार गुप्ता तथा पुर्व मन्त्री समेत रहेका इश्बर दयाल मिश्रले एमालेको चुनाव चिन्ह लिएर चुनावमा होमिएका छन ।

कपिलबस्तुको निर्बाचन क्षेत्र नम्बर ३ को प्रतिनिधी सभा सदस्यका उमेदवार बनेका मिश्रले खरेन्द्रपु््रमा भएको शिबराज नगरपालिका वडा नम्बर ३ र ४ को निवार्चन परिचालन कार्यलय उद्घाटनमा बोल्दैे मधेसी दल उचालेर मधेसी पहाडि लडाएर भारत को सरणमा परेको काग्रेशले कहिले बिकास गर्न सक्दैन सबै समय आउछ भने झै काग्रेशका दिन पनि समाप्त भएको बताउदै अब फरक सोच र देश बिकासको लक्ष्य बोकेर आएका बाम उमेदवार लाइ जिताउन अनुरोध गरे ।

सोनवागण मन्दिर प्रयटकिय स्थल बनाएर प्रर्यटकिय बिकास गर्न सम्भव रहेकोले यस क्षेत्रका धार्मिक स्थल हरुलाइ प्रर्यटकिय रुपमा बिकास गर्ने बताए । आफु मन्त्री हुदां चनइ क्षेत्रमा जनता आभास कार्यक्रम सम्पनन गरेको र अब पनि सुकुम्बासी समस्या समाधान गर्ने बताउदै चन्द्रौटा क्षेत्रलाइ औद्यौगिक करिडोरको रुपमा निर्माण गर्ने , कृषक हरुको लागि बिउ समयमा आउने तथा कृषक हरुको बाली बिमा गर्ने उन्नत बिउ, कृषिअनुदानका साथ कृषक प्रोत्शान कार्यक्रम सञ्चालन गने बताउदै ५ बर्षमा शिबराज नगरपालिकामा कच्ची बाटो खोजे पनि नभेटिने गरि सडक हरु कालोपत्रे गर्ने बताउनु भयो ।

राजपा फोरमको चरित्र दोहोरो भएको त्यसको उदारण बनेर बसेर पछुताउदै बाम गठबन्धनमा परिवर्तन चाहेर आएको छु । दोहोरो चरित्र बोकका मधेसी दलमा रहेर देश बिकास गर्ने असम्भव रहेकोले बाम गठबन्धन रोजेको बताउदै मधेसमा अत्याधिक बजेट हाल्ने एमालेलाई भारतको ईसारामा मधेश बिरोधी बनाएकोले एमालेको मधेस प्रतिको सच्चाइता बताउन पनि सुर्य चिन्ह लिएर आएको बताए ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!