मोबाइलमा लगाएको लकको पासवर्ड बिर्सिनु भयो यसरी खोल्नुहोस !

Posted By OSNepal, California, USA || Date: 14 November, 2017

अहिलेको हाइटेक जमानामा सबैसँग स्मार्टफोन हुन्छ नै । स्मार्टफोन चलाउनेहरु प्राय सबैले आफ्नो मोबाइलमा लक सिस्टम राखेका हुन्छौ। कहिलेकाहीँ आफ्नो फोनको लक खोल्ने पासवर्ड बिर्सन्छौ ।

यदि यसो भएमा यो तनावको विषय बन्छ। लक सिस्टमकै कारण फोन नै फेर्न पर्ने समस्या सम्म आउन सक्छ । तर यी सजिला पाँच उपाय बाट लक् भएको मोबाइल खोल्न सकिन्छ |

१. यदि तपाईँले मोबाइलमा लगाएको लकको पासवर्ड बिर्सिनु भयो भने मोबाइललाई केहीबेर स्विचअफ गर्नुस्।

२. त्यसपछि आफ्नो मोबाइलको भोल्युम बटन, होम स्क्रिन बटन र पावर बटन एकै पटक दबाउनुस्।

३. त्यसो गरेपछि तपाईँको मोबाइलमा पाँचवटा अप्सन देखिनेछन् ।

रिबुट डाटा(reboot Data) वाइप डाटा/फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset)
इन्स्टल अपडेट(Install Update)
पावर डाउन (Power down) र, एड्भान्स अप्सन(Advance Options)

जसमा तपाईँले वाइप डाटा र फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset) लाई सेलेक्ट गर्नुस्।

४. वाइप डाटा/फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset) लाई सेलेक्ट गरिसकेपछि तपाईँलाई अर्को अप्सन देखाउँनेछ। जसमा एस (Yes) सेलेक्ट गर्नुस्। तर त्यसो गर्दा तपाईँको फोनको फोटो हरु, डाटा र कन्टेन्ट सबै डिलिट हुनसक्छ। यसो गर्नुअघि सोच्नु जरुरी छ ।

५. यी सबै ४ नम्बरको प्रक्रियामा आधारित हुनेछ। जसले केही समय लाग्न सक्छ। यसपछि भने तपाईँको स्विचअफ गरिएको स्मार्टफोनलाई रि-स्टार्ट गर्नुस्। त्यसपछि तपाईँको हातमा अनलक भइसकेको स्मार्टफोन हुनेछ । एजेन्सी

 

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!