हामी मासु सेवन गर्नेहरू मा मानवता होलन त?

Posted By OSNepal, California, USA || Date: 14 November, 2017

माया गरी पालन पोसन गरे अरू पशु पंक्षीहरू त परई जवोस डरै लाग्दो जंगली जनवार बाघ भालु पनि हुन्छ हामी संग प्यारो तर प्राणी हरू मध्यको सर्व श्रेष्ठ विवेक साली भन्ने मानव हरू किन हुन सकेन त्यस्तो?

सम्पुर्ण प्राणीहरूको हाम्रो जस्तै प्राण हुन्छ प्राण भएर नै प्राणी भनेको हो, प्राण भए मन हुन्छ मन भए ईच्क्षा हुन्छ ईच्क्षा भए चाहना हरू हुन्छन, र धेरै ईच्क्षा चाहना अाकंक्ष हरूले भरिएको हुन्छ भएपनि सबैको एउटै चाहना भनेको दुःख लाई परी त्याग गरी सुःख शान्ति अानन्दा प्राप्त गर्नु हो।

सुःख शान्ति अानन्दा को ईच्क्षा त गर्छन हाम्रो मानव हरू तर अरूलाई दुःख दिएर प्राणी हरूको हत्य गरी मासुको मिठो स्वाद लिएर तर प्रज्ञाको चक्क्षुले हेर्ने गरौंन कसरी हुन सकिन्छ त्यो मासुको मिठो स्वाद, अरूलाई दुखी बनएरा अाफु सुख र अानन्दा को चाहना लिनु भनेको बिषको बिरूव रोपेरा अमृतको फल खोज्नु बराबर हो।

अब हेरौउ न त हामी मनुष्य हरू कहाँ सम्मको स्वार्थी निर्दया अनि छलकपट नाटक गर्न जान्दा छ त? सर्व प्रथम पशु प्राणी हरूको पालन पोसन गरी उस्को मालिक हो भनेर मन जित्दाछन त्यस पछि फैदा लिन सुरू गर्छन दुध दहि बारी मा काम गर्न लगाउने उस्को गोवर पिसाप देखी लिएर सर्व चिजको फैदा लिन्छन।

अन्त मा केहि काम नलाग्ने अवस्था पुगेसी किता अाफै मारेर मासु सेवन गर्छन किता कसईको हातमा मूल्य रूपयमा बेचि दिन्छन, र मालिकले मार्ने अवस्थमा पनि अाँखा भारी अासु लिएर टुलु टुलु हेरी रहेको हुन्छन र दुख पिडाले छटपटाई रहेको
हुन्छन तर के कारणले तटपी रहेको हो त भन्ने सोच कहा अाउछ
र अझै सास गयो कि गएन भन्ने पटि मात्रा ध्यान दिई रहेको हुन्छन, त्यो अवस्तामा मानवता कहा हुन्छन र खोई।।

कसईको हातमा सुम्पीदा पनि अाफ्नो मालिकको मायाले अाँखा भरी अाँसु लिएर अाफ्नो मालिक लाई टाडा पुगे पनि फर्की फर्की हेरी रहेको हुन्छन र अाफु स्वतन्त्र बिहिन भई गई दिन्छन तर त्यो अबस्थामा मालिक लाई त्यो पशुको माया हुदैन मान्छेले बनाएको राङ्गी बिरंगी कागजको टुक्रको माया हुन्छन अनि उसलाई विर्सी दिन्छन।

कसईले उसलाई लान्छन अनि असहनिय दुःख बेदना हरू दिन्छन अनि तड्पाई तड्पाई मार्छन र त्यो अबस्थमा उस्को मन कति रूएको हुन्छन कति दुखी भई अाँसुको खोला बगाएको हुन्छन तर हामी मनुष्यहरू स्वार्थी निर्दयी भई उस्मा भएको दुःख पिडाको सानु पनि कल्पना समेत गरी रहेको हुदैन अनि कसरी भयो मानवता?

साँची भनौउ भने हामी लाई सानु चोट लाग्दा घाउ हुदा कति दुखिन्छ उनि हरूलाई पनि त्यति नै दुखी रहेको हुन्छन तर पनि हामीले त्यत्ति सानु कुराको पनि कल्पन गर्न सकि रहेको हुदैन भने कसरी भयो मानव विविकवान, म त भन्छु मानव मतिभ्रष्ट भएको ।

कति धर्म गुरूहरू भन्नु हुन्छ हामीले हत्य गर्नु हुदैन मासु खादा हुन्छन होरे म त भन्छु त्यो पनि बुद्धिभ्रष्ट हो हत्य बिनाको मासु कहाँ बाट उदय भएर अाउछन त? एक दुई के जि को लागी नै चार सय पाच सय जाँला दिदै मार्ने मान्छे लाई प्रोत्सहान बडाउने चहि हत्य नभए के हुन्छन होला त त्यो पनि सोच्नै पर्ने कुरा हो।।

अार्को कुरा कुनै धर्मले भन्छन यो प्राणी हरू हामी खानाको लागी गोड, ख्वाईटर, ईस्वारले बनाएको हो रे साँचि वाहा हरूले सबै प्राणी हरू बनाए किना चाईयो बाउ अामा अाफै स्वार्ग बाट फुत फुत झार्नु पर्ने हो किना झार्दैन त यो सबै मतिभ्रष्ट भएको ब्याक्ति हरूले भन्ने कुरा हो अरू केही होईनन।।

त्यसैले हामी मानव भनेको सोच्न सक्ने बोल्न सक्ने बुज्न सक्ने स्मरण गर्न सक्ने गुण हरूले युक्त छौ त्यसैले हामीले यि कुरा हरूलाई बुजेर मुखले मात्र होईन ब्यबाहर मा लागु गर्ने गरौ सके अरूलाई फैदा पुरौउने कर्म गरौ नसके अरूलाई हानी पुग्ने काम कहिले पनि नगरौ ।।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!