मुलुकलाई अन्तर्राष्ट्रिय तहमा चिनाउन खेलाडीको महत्व छः मन्त्री केसी

Posted By OSNepal, California, USA || Date: 14 November, 2017

काठमाडौँ, २८ कात्तिकः चन्द्रागिरि गोल्डकप डिभिजन फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । ब्राइट युथ क्लबको आयोजनामा चन्द्रागिरि नगरपालिका–१४ स्थित खेलमैदानमा आगामी मंसिर ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आठवटा समूह सहभागी छन् ।

खेलको शुभारम्भ गर्दै युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले विभिन्न खेलकुदका माध्यमबाट मुलुकलाई अन्तर्राष्ट्रिय तहमा चिनाउन खेलाडीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

दक्ष खेलाडी उत्पादनका लागि समाजले आवश्यक वातावरण बनाउन सहयोग गर्नुपर्ने बताउँदै उहाँले यो खेल मैदानको स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन ल्याएमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ब्राइट युथ क्लबका अध्यक्ष रमेश बुढाथोकीले खेलकुद क्षेत्रको विकासमा सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । क्लबका सल्लाहाकार देवेन्द्र प्रधानले प्रतियोगितामा पहिलो हुनेलाई रु पाँच लाख र दोस्रोलाई रु साढे दुई लाख नगद पुरस्कार उपलब्ध गराइने जानकारी दिनुभयो । (रासस)

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!