रविका चालक छतबाट खसेको घटनालाई लिएर महामन्त्री ढकालका चालक कालुराम नियन्त्रणमा — OSNepal

रविका चालक छतबाट खसेको घटनालाई लिएर महामन्त्री ढकालका चालक कालुराम नियन्त्रणमा

LC (KTM) April 17, 2023 0

काठमाडौँ । प्रहरीले स्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको घटनामा प्रहरीले अर्का चालक कालुराम राजवंशीलाई जिप्रकामा बोलाएर सोधपुछ गरिरहेको चितवनका एसपी रामेश्वर कार्कीले बताए ।

लामिछानेका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय दिलबहादुर थापा र कालुराम सँगै सुतेका थिए । सोमबार बिहान ४ बजे दिलबहादुर चितवनको भरतपुरस्थित उनीहरू सुतेको घरको छतबाट तल खसेर गम्भीर घाइते भएका छन् । घाइते थापाको टाउकाको अप्रेसनग गर्न लागिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर