भारतबाट बढेर आयो इन्धनको मूल्य — OSNepal

भारतबाट बढेर आयो इन्धनको मूल्य

LC (KTM) April 17, 2023 0

काठमाडौं, ४ वैशाख । नेपाल आयल निगमले भारतबाट इन्धनको मूल्य बढेर आएको जनाएको छ ।

हरेक १५्र१५ दिनमा भारतीय आयल कर्पोरेसन ९आईओसी०ले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउँछ ।  आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्य बढेर आएको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर करिब साढे ६ रुपैयाँ र डिजेल प्रतिलिटर करिब १ रुपैयाँ बढेर आएको हो । आयल निगमले हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर