दुखद खबर:साउदीमा यी १९ पदमा अब नेपालीले काम गर्ने नपाउने,गरिरहेकाले छोड्नुपर्ने (रिपोर्ट सहित)

Posted By OSNepal, California, USA || Date: 14 November, 2017

ओएसनेपाल, पोखरा- साउदी अरबले आफनो नागरिकको रोजगारलाई सुनिश्चित गर्न १९ प्रकारको रोजगारीमा विदेशी कामदार नलिने नीति लिएको छ । यो नीति आगामी जनवरी देखि लागु हुनेछ । आफनो अर्थतन्त्र कमजोर हुँदै गएको र वेरोजगारको संख्या बढेको भन्दै साउदीले विशेष गरी महिलालाई काम गर्न प्रोत्साहन गर्ने उद्धेश्यसहित नयाँ नीति अवलम्बन गर्ने भएको हो ।

साउदीले एकाउन्टेन्ट, सेक्रेटरी, सेल्सम्यान, एडमिनिस्ट्रेटर, सेल्स म्यानेजर, सेल्स सुपरभाइजर, फाइनान्स म्यानेजर, अफिस ब्वाई, ड्राइभर, लजिस्टिक सुपरभाइजर लगायत पदमा विदेशी कामदार नलिने नीति अवलम्बन गर्ने भएको हो । नेपाली कामदार बढी संख्यामा एकाउन्टेन्ट, सेल्सम्यान, सेल्स सुपरभाइजर, म्यानेजर, अफिस ब्वाई र ड्राइभरमा कार्यरत छन्.यो नियमले धेरै नेपाली मारमा परेका छन साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयले १९ वटा पेशामा काम गर्ने आप्रवासीको परिचयपत्र इक समेत नविकरण नगर्ने जनाएको छ । परिचय पत्रमा नविकरण नभएका कामदारले साउदी छोड्नु पर्ने भएपछि नेपाली कामदार समेत प्रभावित हुने भएका छन्.भिडियोमा हेर्नुहोस यस्तो छ साउदीले पछिल्लो पटक सार्वजनिक गरेको विदेशी कामदार नीति.यी १९ पदमा रहेका नेपालीसहित बिदेशीले आउदो जनवरीबाट आफ्नो पद गुमाउने छन साथै अन्य जानकारी

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!