मोरङमा मोटरसाइकलको ठक्करबाट लोकबहादुरको मृत्यु — OSNepal

मोरङमा मोटरसाइकलको ठक्करबाट लोकबहादुरको मृत्यु

LC (KTM) April 17, 2023 0

वैशाख, ४ उर्लाबारी-मोरङको उर्लाबारीमा भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी ४ आइतबारेमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको हो ।

आइतबार बेलुका साढे ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको प्रदेश १–०२–०४७ प १६४८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएको पैदलयात्री बराहक्षेत्र नगरपालिका सुनसरीका ५६ वर्षीय लोकबहादुर परियारको मदन भण्डारी ट्रमा सेन्टर मङ्गलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल र चालक सुनसरी इटहरी उपमहानगरपालिका(२ का २२ वर्षीय प्रविन श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर