सबै मानिसलाई चकित पार्ने एउटा पेन्टिङ

Posted By OSNepal, California, USA || Date: 16 November, 2017

एजेन्सी : मानिससँग अनेक सिर्जना हुन्छन् । प्रतिभा सार्वजनिक नभएसम्म त्यो बारे कसैलाई थहा हुँदैन ।

डा मंगलागिरी चन्द्रमौली भारतको नालगोन्डाकी चर्चित चिकित्सक हुन् । आँखाकी सर्जन चन्द्रमौलीको एउटा पेन्टिङ अहिले विश्वभर चर्चा कमाउन सफल भएको छ ।

चिकित्सा पढ्दादेखि नै पेन्टिङतर्फक आकर्षित उनले यसबाट धेरै पुरस्कार जितिसकेकी छिन् ।

एमबिबिएस गर्दै गर्दा सूर्यकुमारी गोल्ड मेडल जितेकी उनले आफ्ना पेन्टिङ महिलाका विषयमा केन्द्रीत गरेकी छिन् ।

भारतमा महिलामाथि बढ्दो यौन हिंसालाई लिएर उनले धेरै पेन्टिङ बनाएकी छिन् । त्यसमध्यको यो पेन्टिङ सबैभन्दा शक्तिशाली मानिन्छ ।

जसले एउटा पुरुषलाई बच्चामा स्तनपान गराउँदा प्राप्त सुखानुभूति र युवाअवस्थामा उसले नारीमाथि गरेको यौनहिंसाले महिलालार्इ दिने दर्द एकसाथ पस्केको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!