आलु महोत्सव हेरेर फर्किदा झगडा, गुम्यो एउटा आखाको ज्योती — OSNepal

आलु महोत्सव हेरेर फर्किदा झगडा, गुम्यो एउटा आखाको ज्योती

LC (KTM) April 20, 2023 0

पोखरा- पोखराको हेम्जामा आयोजित आलु महोत्सव हेरेर फर्कने क्रमममा झै झगदा हुदा एकजना युवा गम्भीर घाइते भएका हुन् । युवा व्यवसायी युवराज खतिवडाको आर्थिक सहयोगमा घाइतेको पोखराको हिमालयन आखा अस्पतालमा उपचार हुदै छ ।

धादिङ जिल्ला घर भएका सुरज तामाङ अहिले पोखरा महानगरपालिका वडा न १ मा बस्दै आएका हुन् । रातीको समयमा महोत्सव स्थलमा भएको सामान्य झगडाले उग्र रुप लिदा उनलाई रातीको समयमा केहि अपरिचित व्यक्तीहरुले आक्रमण गरेको तामाङले बताएका छन् ।

तामाङको अनुहारमा ढुंगाले चोट लागेको छ । उनका आफन्तका अनुसार एउटा आखाको ज्योती गुमेको छ भने नाकको हड्डी पनि भाचिएको अवस्था रहेको छ  । घटना भएपछि घाइतेलाई उपचारको लागि पोखराको बाग्लुङ बसपार्क स्थित सहारा अस्पताल लगिएको थियो । त्यहाबाट उपचार सम्भव नभएपछि पोखराको मणिपाल अस्पताल लगियो । दुई दिन मणिपाल अस्पतालमा राखेर उपचार हुदै गर्दा मणिपाल अस्पतालले पनि उनको उपचार पोखरामा सम्भव नरहेको बताउदै काठमाण्डौ लैजान सुझाव दिएको थियो ।

घरको आर्थिक अवस्था कम्जोर रहेको र आफन्तबाट प्राप्त भएको सहयोग रकम पनि सकिएपछि उनका परिवारले आफ्नै घरमा लैजाने निर्णय गरेका थिए । त्यसैक्रममा आर्थिक अवस्था कम्जोर भएको र उपचार गराउन नसकेको समाचार आएपछि पोखराका सफल युवा व्यवसायी युवराज खतिवडाले उनको घरमै आएर स्वास्थ्य अवस्था बुझेका हुन् ।

घाइते सुरजको आमाका अनुसार युवराज खतिवाडाले बिरामीलाई आफ्नै गाडीमा हालेर पोखराको हिमालयन आखा अस्पतालमा लागेका छन् ।मानवीय हिसाबले तत्काल उनलाई सहयोग गरेर अस्पताल पुर्याएका खतिवाडा स्वयंले उनको उपचारको क्रममा लाग्ने सम्पूर्ण खर्च आफुले दिने बताउदै चिकित्सकलाई राम्रो संग बिरामीको उपचार गराउन आग्रह गरेका थिए ।

उपचार गराउदै जाने क्रमममा चिकित्सकले भने ‘ समयमा नै नल्याएको भए बिरामीको दुईवटा आखा को ज्योती गुम्न सक्ने थियो । अहिले बिरामीको एउटा आखाको ज्योती गुमिसकेको छ , अब अन्तिम विकल्पको रुपमा हामी अप्रेसन गरेर घाउ निको बनाउने छौ भन्दै बिरामीलाई अप्रेशनको लागि लगियो ।

धादिङका युवा पैसा अभावकै कारण घरमा सहयोगी मनको अपेक्षामा बसिरहेको खबर सुन्दा आफुलाई निकै दुख लागेको र सहयोगमा जुटेको युवा नेता युवाराज खतिवडाले बताए। उनी भन्छन” म अहिलेलाई पचास हजार सम्म सहयोग गर्छु र थप रकम आवशयक परेमा समाजलाई पनि गुहार्दै उनको उपचारमा हामी सबै जुट्ने छौ । ”

घरमा रहेका घाइते छोराको उपचार कसरी गराउने भनेर चिन्ता लिदै रुदै बसेकी आमा भन्नुहुन्छ ‘ युवराज खतिवडा हामीलाई भगवान बनेर आउनुभयो’ । उहालाई धन्यवाद दिन चाहान्छु । यदि उहा समयमा नआएको भए छोराले आखाको दुईवटै ज्योती गुमाउनुपर्ने अवस्था आउन सक्थ्यो । उहाले समयमा नै उपचार गराएर सहयोग गर्दा छोराको सफल उपचार हुन् सकेको भन्दै आमाले खतिवडालाई आशिर्वाद दिनुभएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर