सरकारी अब्बल भएपछि बर्दिवासमा नीजी स्कुल छाडने बढे — OSNepal

सरकारी अब्बल भएपछि बर्दिवासमा नीजी स्कुल छाडने बढे

LC (KTM) April 21, 2023 0

८ बैसाख, महोत्तरी -विद्यालयको शैक्षिक गुणस्तरलाई ध्यान दिए गाडी रोकेर हैन, निजि विद्यालय छाडेर आफै सामुदायिक विद्यालय आउछन भन्ने उनकै वडाको एउटा सामुदायिक विद्यालयले प्रमाणित गरेको छ ।

वडा न.३ मा रहेको जनता माध्यामिक विद्यालय गौरिडाडामा वरपरका मात्र हैन ३ जिल्लाका विद्यार्थीहरुको आकर्षण गन्तव्य यतिवेला यही विद्यालय वनेको छ ।

धनुषा, सर्लाही, सिन्धुलीका विद्यार्थीहरुको हाम्रो विद्यालयमा निक्कै चाप छ,´ विद्यालयका प्रधानध्यापक दिपकराज वरालले भने । ६ देखि ९ सम्म ३०० जना र १ देखि ५ सम्म झण्डै २५० जनाले प्रवेश परीक्षा पास गरिसकेका छन ।´

व्यवस्थापन समितिको निर्णय अनुसार एउटा कक्षामा ५५ जनामात्र पढाउने निर्णय भए तापनी त्यो संख्या वढन सक्ने विद्यालयको अनुमान छ । अहिले प्रायः कक्षाहरुको २ वटासम्म सेक्सन छुट्याइएको छ ।

जनता माध्यामिक विद्यालयमा नै आफ्ना बोर्डिङ्ग पढीरहेका छोरीहरुले वल्ल नाम निकालेको भन्दै बर्दिबास-७ का विजय यादवले  खुसी ब्यक्त गरे ।

`यहाँ पढाउन त निक्कै कष्ट पो गर्नुपर्छ ।´ उन्ले भने ।

विद्यार्थी भर्नाको यति चाप छ कि विद्यालयले कोटा निर्धारण गरेभन्दा प्रवेश परीक्षा दिनेहरु चौव्वर वनेको विद्यालय प्रशासनले जनाएको छ ।

जनजागृती माध्यमिक विद्यालयलाई लक्षित गरि विद्यार्थी वढाउने अभियान अन्तर्गत अध्यक्ष विराट बिष्टले निजि विद्यालयका गाडीहरु प्रवेशमा गरेको निषेध आफैमा गलत हो भन्ने उन्कै वरपर रहेका विद्यालयले प्रमाणित गरिदिएका छन ।

यो विद्यालयवाट ४ किलोमीटर मात्र दुरीमा रहेको  विद्यालयमा सोही गाउँका विद्यार्थी पनि वाक्लै भर्ना हुन आएको विद्यालय प्रशासनको भनाइ छ ।

विद्यार्थी तथा अभिभावकको आकर्षणलाई वढाउन गाडी रोक्ने जस्तो गैरजिम्मेवार निर्णय हैन, जनप्रतिनिधिहरुले गुणस्तरमा ध्यान दिनुपर्ने सरोकारवालाहरुले सुझाव दिए ।

जनप्रतिनिधिहरुलाइ जिम्मेवारीवोध गराउनसक्ने  जनता माध्यामिक विद्यालय मात्र एक्लो उदाहरण भने हैन बर्दिबासमा नै अन्य धेरै  सामुदायिक विद्यालयले पनि फडको मारेका छन ।

बर्दिबास कै भित्री वस्तीमा रहेको जनहित नन्दलाल माध्यामिक विद्यालयको पनि सरकारको भर्ना अभियान कै क्रममा निक्कै आकर्षण वढेको छ ।

निजि विद्यालय छाडेर यो विद्यालयमा पढन आउनेहरुको संख्या अधिक वनिरहेको विद्यालयले जनाएको छ  । अहिले पनि यो विद्यालयमा मधेश प्रदेश र वागमती प्रदेश गरि ७ जिल्लाका विद्यार्थी अध्यण गरिरहेका छन ।

विद्यालयका प्रधानध्यापक कुमार घिमिरेको अनुसार निजि विद्यालयवाट  अध्यण गर्न आएका विद्यार्थीहरुको गुणस्तरलाइ मापन गरी सोही अनुसार अध्यापन भैइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर