प्रेमको डुंगामा सवार थिए म

Posted By OSNepal, California, USA || Date: 17 November, 2017

गजल

जे गर्न पनि तयार थिए म
प्रेमको डुंगामा सवार थिए म

फूल देखेर चस्किन्छ यो मन
कुनै बेला आफैं बहार थिए म

अल्झेर पातमा बनेको छु शीत
नत्र भए त बेकार थिंए म

सम्झनाले मेरो आज किन पोल्छ
हिजो त बॉच्ने आधार थिएं म

गजलकार: संजिता देउजा
युके

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!