नयाँ एक्सन ड्रामा फिल्म ‘रुसलान’ लिएर आउँदै सलमान खानका ज्वाइँ आयुष — OSNepal

नयाँ एक्सन ड्रामा फिल्म ‘रुसलान’ लिएर आउँदै सलमान खानका ज्वाइँ आयुष

LC (KTM) April 23, 2023 0

मुम्बई, १० वैशाख । बलिउड अभिनेता सलमान खानका ज्वाइँ आयुष शर्मा नयाँ एक्सन ड्रामा फिल्म ‘रुसलान’ लिएर आउँदैछन् । यो फिल्मको गत शुक्रबार टिजर रिलिज भएको थियो ।

टिजरले दर्शकमाझ उत्साह दिए पनि फिल्म भने कानुनी झमेलामा फँसेको छ । आयुष र फिल्मका निर्माता केके राधामोहनमाथि कानुनी नोटिस पठाइएको छ ।

खास गरी फिल्मको नाममा आपत्ति जनाउँदै उनीहरुमाथि नोटिस पठाइएको हो । नोटिसमा यो नामको फिल्म सन् २००९मा निर्माण भएर रिलिज भइसकेको छ । अहिले आएर पुनः सोही नाममा फिल्म बनाइएको भन्दै फिल्मलाई कानूनी नोटिस पठाइएको हो ।

सन् २००९ मा रिलिज ‘रुसलान’मा अभिनेता राजवीर शर्मा र अभिनेत्री मेघा चटर्जी प्रमुख भूमिकामा थिए । राजवीरका वकिल रुद्र विक्रम सिंहमार्फत आयुष र केके राधामोहनलाई कानूनी नोटिस पठाइएको हो । नोटिसमा आयुष र राधामोहनले मूल फिल्मको संवाद वा कथा नयाँ फिल्ममा प्रयोग गर्न नसक्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर