सांगीतिक व्याण्ड ‘अमध्यम’को ‘बैशालु’को भिडियो सार्वजनिक — OSNepal

सांगीतिक व्याण्ड ‘अमध्यम’को ‘बैशालु’को भिडियो सार्वजनिक

LC (KTM) April 23, 2023 0

काठमाडौं । बुटवलमा रहेको सांगीतिक व्याण्ड ‘अमध्यम’ले दोस्रो गीत ‘बैशालु’को भिडियो सार्वजनिक गरेको छ । नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर व्याण्डले दोस्रो गीत दर्शकमाझ ल्याएको हो ।

अधवन नेटवर्कले निर्माण गरेको गीतमा सुजल रानाको स्वर, सिओन जिओनको गीतार, ओम शंकर श्रेष्ठ र अमध्यम व्याण्डको शब्द, विजय विश्वकर्माको बेस गीतार, सेठ सुनार र कमल कार्कीको ड्रम, सन्ध्या रसाइलीको ब्याक भोकल छ ।

गीतमा साजन श्रेष्ठ र सिओन जिओनको मिक्सिङ तथा एरेन्ज, साजन श्रेष्ठको मास्टरिङ र म्युजिक हबको स्टुडियो छ ।द नेक्स्ट लेभल प्रोडक्सन टिमले तयार पारेको भिडियोमा यशोधा क्षेत्री, अभिषेक गैरी, सबनम काफ्ले, सम्मन शर्मा, सबिना क्षेत्री, ओरियल थापा, तारा केसी, बिमा थापा मगर, अर्जुन कार्की, सोम गुरुङ, सिशान्त पाण्डे, अंकित राना, उत्सव मगर, निश्कल कालिराज र बब(पब द डग) फिचर्ड छन् ।

भिडियोमा आकाश धिमाल र रमेश रिजालको निर्देशन, आकाश धिमालको छायांकन, सम्पादन र कलर, रमेश रिजालको कथा, अस्बिन केसीको कथा सिर्जना, रोबिन तामाङको आर्टिस्ट मेनेजमेन्ट र अशोक थापाको प्रोडक्सन मेनेजमेन्ट छ ।

व्याण्डमा भोकलमा सुजल राना, ड्रमरमा कमल कार्की, गितारमा सिओन जिओन र बासिस्टमा विजय विश्वकर्मा छन् । यो व्याण्ड बुटवलका अशोक थापाले सन् २०१६ स्थापना गरेका हुन् । उनी अहिले व्याण्डको व्यवस्थापन गरिरहेका छन् ।वैकल्पिक फोक रक व्याण्डका रुपमा स्थापित व्याण्डले सन् २०२१ एलबम ‘लक्ष्य’मा रहेको ‘चाचाहुइ’ बोलको गीतको भिडियो सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर