स्पेनिस ला–लिगा: एट्लेटिकोलाई हराउँदै बार्सिलोनाकाे अग्रता कायमै — OSNepal

स्पेनिस ला–लिगा: एट्लेटिकोलाई हराउँदै बार्सिलोनाकाे अग्रता कायमै

LC (KTM) April 24, 2023 0

काठमाडौं, ११ बैशाख । स्पेनिस ला–लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले आफनो अग्रता कायमै राख्न सफल भएको छ ।  

बार्सिलोनाले तेस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई १–० ले पराजित गर्दै आफनो अग्रता कायमै राखेको हो । 

आइतबार बार्सिलोनाको घरेलु मैदान नउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका फेरान टोरेसले खेलको ४४ औँ मिनेटमा गरेको गोल नै अन्ततः निर्णायक बन्न पुग्यो । 

उनले गरेको एकमात्र गोल तीन अंकका लागि निर्णायक बनिदिा बार्सिलोनाले ३० खेलबाट ७६ अंक जुटाउन सफल भएको छ भने एट्लेटिको म्याड्रिडको ६० अंकमा सिमित रहन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर