जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीको निर्वाचन खर्च १८ लाख १४ हजार — OSNepal

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीको निर्वाचन खर्च १८ लाख १४ हजार

LC (KTM) April 24, 2023 0

बाग्लुङ, ११ बैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गत निर्वाचनमा १८ लाख १४ हजार खर्च गरेका छन् ।

प्रतिनिधिसभा सदस्य केसीले निर्वाचन कार्यालयमा बुझाएको विवरण अनुसार १८ लाख १४ हजार खर्च भएकाे जनाएका हुन ।

जसअनुसार सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ६० हजार, कार्यालय संचालनमा २ लाख ५० हजार, मतदाता नामावली खरिद, छपाई र फोटोकपीमा ९० हजार, प्रतिनिधि परिचालन खर्च २ लाख ५० हजार खर्च गरेको जनाएका सांसद केसीले  प्रचार सामग्रीमा २ लाख १० हजार, सामग्री ढुवानीमा २० हजार, विद्युतीय छापा खर्च ४० हजार खर्च गरेको बिवरण निर्वाचन आयोगलाई बुझाएका हुन् ।

यसैगरी, सामाजिक संजाल खर्च १० हजार र विविध खर्चमा १ लाख ३४ हजारसहित १८ लाख १४ हजार खर्चको बिवरण आयोगलाई बुझाएको केसीको निर्वाचन प्रतिनिधि थानेश्वर सुवेदीले जानकारी दिए ।

केसी गत मंसिर ४ को निर्वाचनमा बागलुङ–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी सत्तारुढ गठबन्धनका उम्मेदवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर