चुनावको मुखमा विदेशमा बस्ने युवाहरुले नेपाली दाजु, भाई तथा दिदी, बहिनीलाई दिए यस्तो मन छुने सन्देश

Posted By OSNepal, California, USA || Date: 18 November, 2017

काठमाडौं । गायक अनिश पाण्डे राष्ट्रिय गीत मेरो नेपाल लिएर आएका छन् । लामो समयदेखि बेलायतमा बस्दै आएका गायक पाण्डेले आँफु स्वदेशमा नभएपनि मातृभूमिको सम्झनामा नयाँ राष्ट्रिय गीत ‘ के हिमाल, के पहाड के तराई, एउटै नेपाल, मेरो जन्मभूमि म खेल्ने आँगन यही हो’ लगायतका मर्मस्पर्शी शब्दहरु मार्फत देशलाई मन मुटुमा खेलाउन पाउँदा निकै नै आनन्द आएको बताए ।

अष्टैलियामा बस्दै आएका गीतकार भानु भट्टराईको शब्द शृजनामा तयार भएको गीतमा गायक स्वयमको संगीत रहेको छ । महाराज थापाले एरेन्ज गरेको गीतको सम्पादन पावन सुस्लिंगले गरेका हुन् । बेलायतमा नै रेकर्ड गरिएको गीतले देशको वर्तमान परिप्रेक्ष्यलाई मुख्य रुपमा उठाउन खोजेको छ । गायक पाण्डेको यसअघि मनदेखि मन बोलको गीतको भिडियोले पनि राम्रो चर्चा पाएको थियो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!