अधिकारीको संगीतमा प्रमोद खरेलले फेरि तहल्का मच्चाउँदै

Posted By OSNepal, California, USA || Date: 18 November, 2017

सन्दिप योगी, नेपालगन्ज । कमल अधिकारीको पछिल्लो म्युजिक भिडियो वजारमा आउने भएको छ । गितकार प्रमोद भण्डारीले रचना गरेको “हे चाँदनी तिम्रो रुपले मलाई पागल वनायो” वोलको गितमा चर्चित गायक प्रमोद खरेलको स्वर रहने भएको छ ।

“ठमेल वजार, सुन साँईली” जस्ता निकै लोकप्रिय गितहरुलाई संगित संयोजन गरेका म्युजिक एरेन्जर रिकेश गुरुङ्गले उक्त गितलाई संगित संयोजन गरेको संगितकार अधिकारीले वताए । गितकार प्रमोद भण्डारी (हालत खराव) ले रचना गरेको “नाटक रैछ तिम्रो माया” वोलको गित यस अघि नै सार्वजनिक भैसकेको छ । विभिन्न गितहरुमा संगित भरेर चर्चा पाएका अधिकारीले अव आउने गित रेकर्डिङको प्रकृयामा रहेको जानकारी दिए । यस अघि उनको संगितमा शिव परियार, प्रमोद खरेल, अन्जु पन्त, स्वरुप राज आचार्य लगायत थुप्रैले गाएका गितहरुले सफलताको शिखर चुमेका छन् । अव आउने गितले पनि विगतको जस्तै श्रोताको मन मस्तिष्कमा वस्ने अनुमान गरिएको छ ।

अहिले चर्चामा रहेका संगितकार कमल अधिकारीको संगित, म्युजिक एरेन्जर रिकेश गुरुङ्गको म्युजिक एरेन्ज रहने र ख्याती प्राप्त गायक प्रमोद खरेलले गाउने भएकोले पनि यो गित छिट्टै चर्चित हुने गितकार प्रमोद भण्डारी बताउँछन ।

गायक प्रमोद खरेलले गाएका “म विना कसै कसैलाई, मुस्किल छ पोखरामा”, “झुमा झुम्कावाली”, “चल वतास चलचल” लगायत थुप्रै गितहरु अहिले पनि उत्तिकै चर्चामा छन् । त्यस्तै गरेर श्रोताको मन छुने गरी संगित भर्न खप्पिस संगितकार कमल अधिकारीले संगित गर्ने भएकोले पनि यो गित राम्रो चल्ने आशा गरिएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!