नागरिकका आवश्यकता केन्द्रित बजेट बनाउन कांग्रेसको जोड — OSNepal

नागरिकका आवश्यकता केन्द्रित बजेट बनाउन कांग्रेसको जोड

LC (KTM) April 24, 2023 0

काठमाडौँ-नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न सुझाव दिनुुभएको छ ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उहाँले मुलुकको विषम आर्थिक परिस्थितिमा आगामी बजेटमा समेट्नुपर्ने विषयका बारेमा पार्टीका तर्फबाट सुझाव दिन सांसदहरुलाई आग्रह गर्नुभएको थियो । नागरिकका आवश्यकता सम्बोधन हुने गरी आगामी बजेट निर्माण हुनुुपर्ने उहाँको भनाइ थियो ।

बैठकमा अर्थमन्त्री एवं पार्टीका नेता डा प्रकाशशरण महतले विषम आर्थिक अवस्थालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट बनाइने जानकारी गराउनुभएको राष्ट्रिय सभामा कांग्रेसका प्रमुख सचेतक अनिता देवकोटाले बताउनुभयो । मन्त्री डा महतले आगामी बजेटमा राख्नुपर्ने प्राथमिकताका बारेमा सांसदहरुको सुझावका लागि आग्रह गर्नुभएको थियो ।

उहाँले सांसदहरुले राख्नुभएका जिज्ञासाका बारेमा टिपोट गर्नुभएको र मङ्गलबारको बैठकमा जवाफ दिनुहुनुे बताइएको छ । सांसदहरुले सुझाव दिने क्रम बाँकी रहेकाले कांग्रेस संसदीय दलको बैठक भोलि बिहान १०ः३० बजे पुनः बस्ने प्रमुख सचेतक देवकोटाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर