प्रचण्डका छोरा प्रकाशको मृत्युको खबर मिडियामा भाइरल, आकस्मिक रुपमा काठमाडौँ आउँदै प्रचण्ड

Posted By OSNepal, California, USA || Date: 19 November, 2017

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको मृत्युको खबरले अहिले नर्भिक अस्पतालमा पत्रकार र नेताहरुको भिड लागेको छ । आज बिहान हृदयघातका कारण अचेत बनेका प्रचण्ड पुत्र प्रकाशलाई आकस्मिक रुपमा अस्पताल भर्ना गरिएपछि उनको निधनको खबर आइरहेका बेला अस्पतालले भने प्रचण्ड काठमाडौँ आइपुगेपछि मात्रै मृत घोषित गर्ने बताएको छ ।

यद्यपी आधिकारिक रुपमा भने अस्पतालले उनलाई मृत घोषित भने गरेको छैन । चुनावी अभियानमा झापामा रहेका पुष्पकमल दाहाल, प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले दुखद घटना भएको भन्दै डाक्टरको सूचना पर्खीरहेको बताइन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!