पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted By OSNepal, California, USA || Date: 19 November, 2017

काठमाडौँ, ३ मंसिरः काठमाडौँको डिल्लीबजार ओरालोमा पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार राति बा१प १३०७ नंको पर्यटक गाडीले बा८६प ९०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा कास्की पोखराका सञ्जय थापाको मृत्यु भएको हो ।

पर्यटक गाडीको ठक्करबाट घाइते भएका थापाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

थापा बानेश्वरस्थित कन्याम ब्वाइज होस्टलमा बस्ने विद्यार्थी हुन् । ठक्कर दिने पर्यटक गाडीसहित चालकलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । (रासस)

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!