परिवर्तन उल्ट्याउन घेराबन्दी भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ — OSNepal

परिवर्तन उल्ट्याउन घेराबन्दी भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

LC (KTM) April 25, 2023 0

काठमाडौँ-उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो बलिदानबाट प्राप्त परिवर्तन उट्याउन ठूलो षड्यन्त्र र घेराबन्दी भइरहेको दाबी गर्नुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा आयोजित भूकम्प स्मृति दिवस कार्यक्रममा उहाँले परिवर्तनलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पारेर महान उपलब्धिको रक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो ।

पछिल्लो समय राजनीतिक पार्टी तथा तिनका नेतालाई बदनाम गर्ने र देशमा अराजकता उत्पन्न गरी अराजकताको जगमा देशको राष्ट्रियता कमजोर पार्ने विभिन्न षड्यन्त्र भइरहेको भन्दै उहाँले त्यसकाविरुद्ध सचेत रहन पनि सबैलाई आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले जनतालाई भ्रममा नपरी गलत प्रवृतिलाई असफल पार्नुपर्नेमा जोड दिनुभयो । “नेपालमा राजनीतिक पार्टीले ठूलो युगान्तकारी परिवर्तनका लागि सङ्र्घष गरेका छन्”, उहाँले भन्नुभयो, “यो परिवर्तनलाई संविधानसभाबाट संविधान बनाएर परिवर्तनको संस्थागत विकास भयो, अहिले त्यहीँ परिवर्तनलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पारेर महान उपलब्धिको रक्षा गर्नु आवश्यक छ ।”
उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान परिवर्तनलाई सामाजिक र आर्थिक क्षेत्रमा विस्तार गर्नका लागि भइरहेको प्रयत्नलाई बदनाम गर्न खोजिएको समेत बताउनुभयो । उहाँले व्यवस्थामा परिवर्तन भएपछि अवस्थामा सापेक्षित परिवर्तन गर्न किन सकिएन भन्ने तर्फ दलहरुले पनि समीक्षा गर्नुपर्ने आवश्यकता समेत औँल्याउनुभयो ।

“राजनीतिक पार्टी जसले यो परितर्वन ग¥यो, यो व्यवस्था ल्यायो, तर यो व्यवस्थामा परिवर्तन भएपछि जनताको अवस्थामा परिवर्तन गर्नका निम्ति हामीले आजसम्म के ग¥याँै र के गर्न सकेनाँै भन्ने विषयमा समीक्षा गरी आवश्यकता अनुसार आफूलाई बदलेर फेरि जनताको अपेक्षा र आवश्यकता पूरा गर्नेगरी सम्बृद्ध नेपाल बनाउने तर्फ हामी अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले जनतालाई रुपान्तरणको महसुस गराएरै छाड्नेसमेत बताउनुभयो । उहाँले विकास र समृद्धिको यात्रालाई तीव्र पार्नु अहिले अवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले भूकम्पलगायतका विपतलाई रोक्न नसके पनि विपत्बाट हुने क्षतिलाई न्यूनीकरणका गर्न योजना निर्माण गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले विपतबाट हुने क्षति न्यूनीकरणका लागि विपतको पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्ने गरी काम गरिरहेको भन्दै विगतका कमजोरीले भएका क्षतिलाई समीक्षा गरेर आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले विसं २०७२ को भूकम्पले बारपाकलाई नयाँ पहिचान दिएको बताउनुभयो ।

“पहिले बारपाकले सुन्दर गाउँ, पर्यटकीय गाउँलगायतको पहिचान दिएको थियो”, उहाँले भन्नुभयो, “२०७२ वैशाख १२ को भूकम्पले थप पहिचान पनि दिएको छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले गोरखाको बाह्रकिलोे, बारपाक सडकखण्ड कालोपत्रको काममा ढिलाइ भइरहेको भन्दै काम छिटो सम्पन्न गर्न पहलगर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर