रचनाकार दुर्गा रिमालको अमेरिकी यात्रा र उनको नयाँ सिर्जना

Posted By OSNepal, California, USA || Date: 19 November, 2017

रचनाकार दुर्गा रिमालको नयाँ गजल ओएस – नेपालमा पाठकका लागि प्रकासन गरिएको छ | ओएस-नेपालको साहित्यिक कार्यक्रम मेरो सिर्जनामा सर्वोउत्कृस्ट सर्जक बने पश्चात उनका धेरै पाठकले शुभकामना र बधाई ओएस-नेपालमा पनि पठाएका थिए | सर्वोउत्कृस्ट सर्जक बनेका रिमालको भर्खरैको अमेरिकी यात्रामा उनले पाँच भन्दा धेरै साहित्यिक कार्यक्रम र विशेष बिमोचन समारोह सामेल भएका थिए | रिमाल गत धेरै साल देखि निरन्तर नेपाली साहित्यको उत्थानका लागि लागिपरिरहेका छन् | उनको सूचना, समाजसेवा, भाषा र साहित्य प्रतिको योगदानको कदर गर्दै अमेरिकामा उनलाई मातृभाषा सम्रक्षण समिति, साहित्य-परिसद भुटान र स्रस्टा संगम ओहायोले प्रमाण पत्रले सम्मान गरेको थियो | रेडियो कर्मी, समाज सेवी र लेखकका रुपमा स्थापित अस्ट्रेलिया निवासी रिमालको वजनिलो गजल यसरि लेखिएको छ |

गजल

लमी बनेर आएको छ ऊ, बिबाहको कुरा ल्याउँनेछ

तिम्रो जीवनमा श्रीमान ल्याउँने छ, ससुरा ल्याउँनेछ

 

जुन बेला बैश छुद्र देखिन्छ, लाजले मुहार छोपिन्छ

त्यहि बेला सिउँदोले सिन्दुर र हातले चुरा ल्याउँनेछ

 

वर्षा लागे लगात्तै किसानहरू मख्ख देखिएका छन्

अब झरीले सिकुमबासी बस्तिमा दादुरा ल्याउँनेछ

 

एक तमासले समुन्द्र भेटाउँन नदि बगेको पनि हेरियो

हेर्नुछ, जीन्दगीले योजनाहरू कसरी पुरा ल्याउँनेछ ?

 

हुरि-बतासले बिनाश गर्छ, रूख ढाल्छ, यहि सोच्छौ

तर सोच्दैनौ, गरिवहरूको चुलोमा दाउँरा ल्याउँनेछ

– दुर्गा रिमाल

अष्ट्रेलिया

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!