प्रकाश दाहालको मृत्यु रहस्यमय बन्दै [भिडियो हेर्नुहोस ]

Posted By OSNepal, California, USA || Date: 19 November, 2017

प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यु लाजिम्पाटस्थित आफ्नो निवासमा सुतेकै ठाउँमा भएको प्रारम्भिक जानकारी अनलाइनखबरलाई प्राप्त भएको छ । तीन दिनयता आफू केही अस्वस्थ भएको बताउँदै आएका प्रकाश दाहाल प्रचण्ड झापातिर लागेपछि त्यता नगइनकन चितवनबाट काठमाडौं फर्किएका थिए । उनी शनिबार राति लाजिम्पाटस्थित निवासमै सुतेका थिए । पारिवारिक स्रोतका अनुसार शनिबार राति ८ बजेतिर प्रकाशले आफूलाई हल्का ज्वरो आइरहेको बताएका थिए । चुनाव लागेका कारण पत्नी विना पनि कञ्चनपुरतिरै थिइन् । घरमा परिवारका अन्य सदस्यहरु खासै थिएनन्. । आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए । भिडियो हेर्नुहोस

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!