प्रचण्डलाई अंगालो हालेर बाबुराम धेरै बेर रोए, नारायणकाजीले हेरीरहे

Posted By OSNepal, California, USA || Date: 19 November, 2017

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डका प्ुत्र प्रकाशको दाहालमा आज प्रचण्ड मात्रै भावविह्वल बनेका छैनन् । सिंगो माओवादी पार्टी सहित देश नै अहिले शोकमा डुबेको छ । यसैबिच माओवादी पार्टी बाहिरका ब्यक्तिहरुले पनि प्रचण्डको दुखमा समवेदना दिन पेरीसडाँडा र आर्यघाट पुगे ।

यसैबिच प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्न गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराईले प्रचण्डलाई सान्तवना दिए । बाबुरामले प्रचण्डलाई भेट्दासाथ घ्वाप्लाक्क अंकमाल गरे धेरै बेर रोए । भट्टराई र प्रचण्ड एकले अर्कालाई देख्नासाथ रुन थाले पनि उनीहरुको रुवाई लामो समयसम्म जारी रह्यो । प्रचण्ड र बाबुराम अंकमाल गरेर रोइरहँदा माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि शोकाकूल मुद्रामा त्यहीँ उपस्थित थिए । उनीहरु लामो समयसम्म मौन रहेर रोई रहे ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!