द्वन्द्वग्रस्त सुडानबाट ३०० भन्दा बढी बेलायती नागरिकको उद्धार — OSNepal

द्वन्द्वग्रस्त सुडानबाट ३०० भन्दा बढी बेलायती नागरिकको उद्धार

LC (KTM) April 26, 2023 0

लण्डन-द्वन्द्वग्रस्त सुडानबाट बेलायतले चार वटा उडानमार्फत ३०१ जनालाई उद्धार गरेको बेलायती प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले बुधबाार बताउनुभएको छ । उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, “सुडानबाट बुधबार मात्र ३०० भन्दा बढी व्यक्तिलाई उद्धार गरेको छ । सरकारले व्यवस्था गरेको थप चार उडानहरू बुधवारको अन्त्यसम्ममा सुडानबाट प्रस्थान गर्नेछन् ।”

सुडानको राजधानी खार्तूम र अन्य स्थानमा अप्रिल १५ मा सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ)बीच हिंसात्मक झडप भएको थियो । मङ्गलबार ७२ घण्टे युद्धविरामका लागि दुवै पक्षले सहमत भएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अशान्ति सुरु भएयता अहिलेसम्म ४०० भन्दा बढीको मृत्यु भएको छ भने तीन हजारभन्दा बढी घाइते भएका छन् । यस पहिले सुडानबाट अमेरिका, क्यानाडा, फ्रान्स, जर्मनी, साउदी अरबलगायत एशियाली मुलुकका नागरिकहरूलाई पनि ती मुलुकले उद्धार गरेका थिए भने उनीहरूले थप उद्धार कार्य जारी राखेको जनाएका छन् । अन्य देशले जस्तै बेलायतले मङ्गलबारदेखि आफ्ना नागरिकलाई ठूलो मात्रामा सुडानबाट उद्धार गर्न शुरु गरेको हो ।बेलायती सरकारले उत्तरपूर्वी अफ्रिकी देशमा करिब चार हजार बेलायती राहदानीबाहकहरू फसेको अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर