फ्यानले हात मिलाउन खोजेको बेला सलमानका बडीगार्डले धकेलिदिए पछि.... — OSNepal

फ्यानले हात मिलाउन खोजेको बेला सलमानका बडीगार्डले धकेलिदिए पछि….

LC (KTM) April 27, 2023 0

एजेन्सी – बलिउडका स्टार सलमान खानसँग हात मिलाउन खोजेका एक फ्यानलाई उनका बडिगार्ड शेराले धकेलिदिएको एक भिडियो सामाजिक संजालमा भाइरल बनेको छ । भिडियो बाहिर आएपछि अंगरक्षकले ती फ्यानलाई छेउमा धकेल्दा पनि सलमानले कुनै प्रतिक्रिया नदिएको भन्दै उनको चर्को आलोचना भइरहेको छ ।

सलमान सेक्युरिटीसहित सँग हिँडिरहेका थिए। यस क्रममा गार्डहरूले फ्यानहरूलाई सलमानबाट टाढा राख्ने प्रयास गरेका हुन्। यसो त यस अघि पनियस्तै व्यबहारका कारण सलमानको आलोचना भएको थियो ।

मुम्बई एयरपोर्टमा सलमानलाई फ्यानहरूको भीडले घेरेको थियो । उक्ट घटनाको भिडियोसमेत सार्वजनिक भएपछि भिडियोलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले आक्रोश पोखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर