प्रतिनिधिसभा बैठकः संबैधानिक परिषद सम्बन्धी बिद्येयकमा कार्यसुची मै अटेन — OSNepal

प्रतिनिधिसभा बैठकः संबैधानिक परिषद सम्बन्धी बिद्येयकमा कार्यसुची मै अटेन

LC (KTM) April 28, 2023 0

काठमाडौं, १५ बैशाख । संबैधानिक परिषद सबन्धी बिद्येयकमाथी आज पनि छलफल नहुने भएको छ ।

प्रतिनिधिसभाको सम्भावित कार्यसुचीमा आज पनि सो बिद्येयक समावेश नभए पछि छलफल नहुने भएको हो ।

यसअघिको बैठकमा सो बिद्येयक माथी छलफल गर्ने भनेर सम्भावित कार्य सुचीमा समावेश गरिएपनि अन्तिम समयमा हटाईएको थियो । अघिल्लो बैठकमा कार्यसुचीवाट हटाइएको सो बिद्येयक आज आउने अपेक्षा गरिएको थियो ।

सो बिद्येयक पारित हुन नसक्दा सर्वोच्च अदालतमा प्रधानन्यायधिस नियुक्त हुने बाटो खुल्न अझै सकेको छैन् । कायममुकायम प्रधानन्यायधिसवाट चल्दै आएको न्यायलयलाई नेतृत्वविहिन अवस्थावाट मुक्त गराउनका लागि सो बिद्येयक पारित हुनु अनिवार्य छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संबैधानिक परिषदका अध्यक्ष (प्रधानमन्त्री) लाई बिशेषाधिकारीसहितको सर्त राखेर बिद्येयकको प्रस्ताव गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने आपत्ति जनाएको छ । जसका कारण सो बिद्येयक संसदमा पेश हुन सकिरहेको छैन् ।

तर, आजको बैठकमा संघीय संसद अन्तर्गतका संयुक्त तथा प्रतिनिधिसभा अन्तर्गतको बिषयगत समितिका सदस्यहरुको नाम भने मनोनयन हुने भएको छ ।

आज संसदले सार्वजनिक गरेको सम्भावित कार्यसुचीमा संसदीय समितिमा सदस्य मनोनयन मात्रै हुने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर