रिलिज मितिसँगै फिल्म ‘अन्तिम संस्कार’ को फस्टलुक सार्वजनिक गरियो — OSNepal

रिलिज मितिसँगै फिल्म ‘अन्तिम संस्कार’ को फस्टलुक सार्वजनिक गरियो

LC (KTM) April 28, 2023 0

काठमाडौं, १५ वैशाख । आगामी असार ८ लाई रिलिज मिति तोक्दै फिल्म ‘अन्तिम संस्कार’ को फस्टलुक सार्वजनिक गरिएको छ । फस्टलुकमा फिल्मका प्रमुख पात्रहरुलाई समेटिएको छ । वरिष्ठ क्याप्टेन रहेका अभिनेता विजय लामाले फिल्म ‘अन्तिम संस्कार’ बजारमा आइरहेका फिल्मभन्दा फरक रहेको दाबी गरेका छन् ।

फिल्ममा लण्डनमा बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशन छ । शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमाजोन प्राइममा मे २ बाट रिलिज हुँदैछ ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको फिल्म ‘अन्तिम संस्कार’मा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको फिल्म सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । ‘मर्डर मिस्ट्रि ’को कथालाई फिल्ममा समावेश गरिएको छ ।

फिल्ममा विजयका अलावा दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जनल, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, सुरज खालिङलगायतको अभिनय छ । बाबु श्रेष्ठको छायांकन रहेको यस फिल्मको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर