चर्चित कलाकारहरुको प्रस्तुतीले रौनकता थपेको पाल्पा महोत्सव — OSNepal

चर्चित कलाकारहरुको प्रस्तुतीले रौनकता थपेको पाल्पा महोत्सव

LC (KTM) April 28, 2023 0

पाल्पा सदरमुकाम तानसेनमा सुरु भएको ‘पाल्पा महोत्सवको मा हरेक दिन चर्चित कलाकारहरुले रौनकता थपिरहेका छन् । बिहिबार बाट सुरु भएको महोत्सव पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा सुरु भएको हो । १३ औ संस्करणको जारी महोत्सवमा युवा माझ चर्चित गायक शिव परियार, पशुपति शर्मादेखि पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहानसम्मको प्रस्तुति रहने सांस्कृतिक संयोजक भीम बहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

महोत्सवको आज दोस्रो दिन गायक राजु परियारको प्रस्तुती रहेको छ । साथै उनलाई अन्य कलाकारले समेत साथ दिनेछन् । महोत्सवको तेस्रो दिन अर्थात शनिवार गायक शिव परियारको प्रस्तुती रहेको आयोजकले जनाएको छ । महोत्सवको माहोलमा रौनकता भर्न कलाकारहरु बद्री पंगेनी, खुमन अधिकारी, रामजी खाँण, शिरीष देवकोटा, पुस्कल शर्मादेखि शान्तिश्री परियार, ज्योति मगर, मन्जु पौडेलसम्मका प्रस्तुति राखिएको छ । महोत्सव वैशाख २४ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर