एएफसी यू १७ महिला एसियन कप छनोटमा जोर्डन माथि नेपालको शानदार जित — OSNepal

एएफसी यू १७ महिला एसियन कप छनोटमा जोर्डन माथि नेपालको शानदार जित

LC (KTM) April 28, 2023 0

एएफसी यू १७ महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले जित निकालेको छ । प्रिन्स मोहमद स्टेडियममा आज नेपालले आयोजक जोर्डनलाई ४-१ गोल अन्तरले पराजित गर्दै जित निकालेको हो । छनोट खेलमा नेपालको यो पहिलो जित हो । जोर्डनले भने हारबाट छनोटको सुरुआत गरेको छ ।

जितसँगै समूह एच मा रहेको नेपालले २ खेलमा ३ अंक जोडेको छ । बुधबार भएको खेलमा नेपाल इरानसँग १-० गोल अन्तरले पराजित भएको थियो ।यस समूहमा नेपाल, जोर्डन र इरान रहेको छ । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । अब जोर्डन र इरानबीचको खेलले दोस्रो चरणमा पुग्ने टोलीको टुंगो लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर