अविबाहित प्रेमिका गैब्रिएलावाट ५० बर्षिया अर्जुन रामपाललाई दोस्रो सन्तान प्राप्त हुदैँ — OSNepal

अविबाहित प्रेमिका गैब्रिएलावाट ५० बर्षिया अर्जुन रामपाललाई दोस्रो सन्तान प्राप्त हुदैँ

LC (KTM) May 03, 2023 0

मुम्बई, २० बैशाख ।  कलाकार अर्जुन रामपाल बलिउड फिल्म उद्योगका एक नामी कलाकार हुन ।

उनी आफनो अभिनयका साथै ब्यक्तिगत जीवनका कारण पनि बेला बेलामा चर्चामा छाईरहन्छन् । ५० बर्षिया रामपाल पछिल्लो दिनमा गैब्रिएला डेमोट्रियडससँग लिभ इन रिलेशनसिपमा रहदैँ आएका छन ।

यसैबिचमा उनले एउटा खुसीको खबर बाहिर ल्याएका छन, चाँँडै नै गैब्रिएला पुनः आमा बन्दैछिन र अर्जुनका लागि दोस्रो बच्चा जन्माउँदै छिन् । गैब्रिएला आफैले यसको जानकारी फ्यानहरुलाई दिएकी हुन ।

उनले इन्स्ट्रागाममा दुईवटा तस्विर सार्वजनिक गर्दै भनेकी छिन, ‘रियलिटी या आर्टिफिसियल इंटीलिजेन्स । इन्स्टाग्राम सार्वजनिक तस्विरमा उनी बेबी बम्प गरिरहेको देखिन्छ । उनी आफनो गर्भ रहेको पेटमा हाथ राखेर क्यामेरा अगाडी पोज दिईरहेकी छिन । यसरी क्यामेरा अगाडी उनी झन सुन्दर देखिएकी छिन् ।

अर्जुन रामपाल र गैब्रिएलाको आइपीयलको एउटा पार्टीमा भेट भएको थियो । उनीहरु विस्तारै नजिकिदैँ जादा प्रेममा फस्न पुगे । तर, अहिलेसम्म उनीहरु बिच औपचारिक रुपमा बिबाह भने भएको छैन । यद्धपी, यसअघि नै उनीहरुको एउटा बच्चा भने जन्माइसकेको अवस्था छ । सन २०१९ मा छोरा अरिकलाई पहिलो सन्तानको रुपमा प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर