भीमफेदी कारागारका मुढाको चीनमा उच्च माग, एकैपटक सात ट्रक निर्यात — OSNepal

भीमफेदी कारागारका मुढाको चीनमा उच्च माग, एकैपटक सात ट्रक निर्यात

LC (KTM) May 03, 2023 0

मकवानपुर, २० बैशाख । भीमफेदी कारागारमा उत्पादन भएको बाँसका मुढा छिमेकी चिनतर्फ निर्यात हुन थालेको छ । गत सातावाट चीनसँग जोडिएका उत्तरी नाका खुलेसँगै भीमफेदी कारागारमा कैदी बन्दीले उत्पादन गरेका ७ ट्रक बाँसका मुढा चिनतर्फ निर्यात भएको हो ।

भीमफेदी कारागारका प्रमुख तीर्थराज पौडेलका अनुसार १० हजार १ सय थान मुढा नाका खुलेसँगै निर्यात भएको हो । उनका अनुसार ४ लाख ४० हजार मुल्य बराबरको सो मुढा तातोपानी नाका र रसुवागढी नाकावाट चिनको तिब्बततर्फ निर्यात भएको हो ।

‘भीमफेदीमा उत्पादन भएका बाँसका मुढा आकर्षक, सस्तो र बलियो भएको भन्दै चिनियाहरुले मन पराए पछि यहाँ उत्पादन हुने मुढाहरु निरन्तर रुपमा चीनतर्फ निकासी हुनेछ,’ उनले भने ।

भीमफेदीका एक हजार मध्ये झन्डै चार सयभन्दा बढी कैदीबन्दीले मासिक रुपमा ३ हजारसम्म मुढा उत्पादन गर्दै आएका छन् । उनका अनुसार भीमफेदीका मुढा चीनको ल्हासा, सिगात्से, न्यालम र धिग्रीवाट बढी माग आएको ब्यापारीहरुले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर