अमेरिकाको जुनसुकै ठाउँमा क्षेप्यास्त्र प्रहार गर्ने आणविक परीक्षणपछि किमको खुशी

Posted By OSNepal, California, USA || Date: 1 December, 2017

काठमाडौं : अमेरिकाको जुनसुकै ठाउँमा क्षेप्यास्त्र प्रहार गर्ने शक्तिशाली आणविक परीक्षण गरेपछि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले खुशीयाली मनाएका छन् । किमले खुशीयाली मनाएका तस्बिर त्यहाँका सरकारी समाचार संस्थाले सार्वजनिक गरेका हुन् ।

बुधबार उत्तर कोरियाले अहिलेसम्मकै शक्तिशाली र नयाँ ह्वसङ–१५ नामक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको थियो। उत्तर कोरियाले यो क्षेप्यास्त्र अमेरिकी भूमिको जुनसुकै क्षेत्रमा पुग्ने सक्ने दाबी गरेको छ । सो क्षेप्यास्त्र ४४७५ किलोमिटर उचाइमा पुगेको थियो भने झण्डै एक हजार किलोमिटर पर खसेको थियो

अहिलेसम्मकै ठूलो मानिएको उक्त क्षेप्यास्त्र परीक्षण किम जोङ उनको प्रत्यक्ष निर्देशनमा भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।क्षेप्यास्त्र परीक्षणपछि खुसी मनाउँदै किम जोङ उन

शक्तिशाली क्षेप्यास्त्र परीक्षण सफल भएपछि सार्वजनिक गरेको तस्बिरमा किम औँलामा धुवाँइरहेको सिगरेट चेपेर आकाशतिर मुन्टो फर्काएर हाँसिरहेका देखिन्छन्।

किम जोङ उन

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!