चितवन समाज इजरायलद्वारा मृर्गौलापीडितलाई आर्थिक सहयोग

Posted By OSNepal, California, USA || Date: 5 December, 2017

इजरायल : चितवन समाज इजरायलले मृगौलापीडितलाई आर्थिक सहयोग गरेको छ । चितवनबाट इरजरायलपुगेर कार्यरत नेपालीले स्थापना गरेको चितवन समाज इजरायलले मृर्गौलापीडित मानबहादुर गुरुङलाई आर्थिक सहयोग गरेको हो ।
समाजले चितवनको भरतपुर महानगरपालिका ११ निवासी मृगौलापीडित गुरुङलाई एक लाख एक सय ११ रुपैयाँ सहयोग गरेको हो ।

चितवन समाज इजरायल तथा समितिकी कार्यसमिति सदस्य सम्झना सिंह (जिना) को संयुक्त सक्रियतामा उठेको उक्त रकम चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्ति अधिकारीले एक कार्यक्रममा हस्तान्तरण गरे ।

रकम हस्तान्तरण कार्यक्रममा भरतपुर नगरपालिका ११ का नगर समिति सदस्य बिना गुरुङ तथा समाजका अगुवा समाजसेवी, पत्रकार तथा स्थानीयको बाक्लो उपस्थितिको साथ साथै चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका सम्पुर्ण सदस्यको उपस्थिति रहेको थियो ।chitwan-samaj1

कार्यक्रमको संचालन अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव गणेश ढकालले गरेका थिए । उपस्थित सबैको स्वागत भने समितिका उपाध्यक्ष मनोज अर्यालले गरेका थिए । आगामी दिनहरुमा पनि निरन्तर रुपमा चितवनबासी दुःखी पीडितहरुको घाउमा मलम लगाउदै जाने चितवन समाज इजरायलकी अध्यक्ष सरिस्मा बराल (उमा) ले बताएकी छिन्।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!