अब फेसबुकले १३ वर्ष मुनिका बालबालिकालाई च्याट गर्न नदिने

Posted By OSNepal, California, USA || Date: 5 December, 2017

काठमाडौं : विश्वकै सबैभन्दा धेरै चर्चित सामाजिक सञ्जाल फेसबुकले नयाँ नयाँ एप्लीकेसन ल्याएको छ । उसले बालबालिकालाई फेसबुक मुक्त बनाउन यस्तो एप्लीकेसन ल्याएको हो ।

फेसबुकको नियम अनुसार १३ वर्षभन्दा कम उमेरका बालबालिकाले एकाउन्ट बनाउन पाउँदैनन् । तर पनि धेरै बालबालिकाले फेसबुक र म्यासेन्जर चलाइरहेका हुन्छन् ।

यसलाई समाधान गर्न फेसबुकले नयाँ एप्लीकेसन ल्याएको हो । फेसबुकले म्यासेन्चर किड नामको एप्लिकेशन ल्याएको हो, यसबाट १३ वर्ष वा त्यो भन्दा कम उमेरका बालबालिकाले च्याट गर्न, रमाइला भिडियो हेर्न, फोटो तथा स्टिकरहरु पठाउन सक्छन् । तर, यसका लागि अभिभावकले स्वीकृति दिनुपर्ने हुन्छ ।

उसको नयाँ एप्लीकेसन अनुसार बालबालिकाले साथीहरुलाई म्यासेज पठाउँदा पनि अभिभावकले स्वीकृत गरिदिनुपर्छ । यो एप्लिकेशनमा बालबालिकाले आफैले साथीहरुलाई च्याटमा जोड्न अथवा म्यासेज डिलेट गर्न मिल्दैन ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!