आजको राशिफल : बि.स.२०७४ मंसिर २० गते । बुधबार । ईश्वी सन् २०१७ डिसेम्बर ०६ तारिख । नेपाल सम्बत् ११३८ ।

Posted By OSNepal, California, USA || Date: 5 December, 2017

ओएसनेपाल क्यालीफोर्निया – बि.स.२०७४ मंसिर २० गते । बुधबार । ईश्वी सन् २०१७ डिसेम्बर ०६ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । पौष कृष्ण पक्ष । तिथि तृतीया २१ घडी १९ पला, दिउसो ३ बेजेर १४ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र पुनर्वशु ५२ घडी २२ पला । योग शुक्ल ३७ घडि २९ पला, बेलुकी ९ बजेर ३९ मिनेट उप्रान्त ब्रम्ह । करण भद्रा,दिउसो ३ बजेर १४ मिनेट उप्रान्त वव,रातको २ बजेर ०४ मिनेट उप्रान्त वालव । आनन्दादिमा गद योग । चन्द्रराशि मिथुन,बेलुका १० बजेर ०३ मिनेट उप्रान्त कर्कट ।

काठमाडौंमा सूर्योदय ६ बजेर ४२ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ०७ मिनेट जादा । दिनमान २६ घडी २ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अल्छी गर्ने बानिले महत्वपुर्ण कामहरु सम्पादन गर्न मुस्किल हुनेछ । समयमो ख्याल नगर्दा परिस्थितिले नसोचेको बाटो लिन सक्छ ध्यान दिनुहोला । आर्थिक मुद्दामा आफन्त तथा सहयोगी सँग मनमटाबको सिर्जना हुनेछ भने आम्दानिका बाटाहरु साघुरा हुनेछन् । व्यापार व्यावसायमा लगानि गर्ने अवसर आएपनि समयले साथ नदिदा घाटा लाग्नेछ । दाजुभाई तथा छिमेकिसँग अनाबस्यक बिवाद गर्नु पर्दा मानशिक तनाब बढ्नेछ । स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा नजिक हुने समय रहेपनि बिवाद बढ्ने योग रहेकोछ ध्यान दिनुहोला ।

शुभ अंक — १,५ शुभ दिशा — उत्तर

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको सुमधुर आवाज तथा निर्णयको उच्च मुल्याङन हुनेछ भने समाजमा सम्मानित जीवन यापन गर्न सकिनेछ । कुटुम्वसँग मिलेर गरिने कुनै पनि काम फस्टाएर जानेछ भने बहुमुल्य बस्तु तथा धातुहरु जोड्ने समय रहेकोछ । गीत संगित तथा मोडलिङको क्षेत्रमा लाग्नेहरुका लागि समय उत्तम रहेकोछ । घर परिवार तथा जीवनसाथिको सहयोगले नयाँ काम गर्न सकिने हुँदा मन प्रफल्लित हुनेछ । अध्यनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ ।

शुभ अंक — २,६ शुभ दिशा — पश्चिम

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समयको ख्याल गरेर मात्र अगाडि बड्नु होला किनकि काममा बाधा तथा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । समाजमा प्रतिष्ठित काम गरेपनि बिपक्षहरु मान सम्मान तथा ईज्जत प्रतिष्ठामा गिराउन लागि पर्नेछन् । व्यापार व्यावसायमा प्रसस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । खानपानमा ध्यान नदिय स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । आफन्तजन तथा घर भित्रकै मानिसबाट धोका हुन सक्छ सजक भएर काम गर्नुहोला ।

शुभ अंक — ३,९ शुभ दिशा — उत्तर

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कमर्शियल निर्णयहरु आजको दिन धाति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ भने बैदेशिक क्षेत्र सँग सम्बन्धित व्यावसायमा लगनि बढाउँदा प्रशस्त नाँफा कमाउन सकिनेछ । साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखा पर्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपुर्ण हुन सक्छ । आफन्तजन तथा परिवासँग टाडिनु पर्दा मानशिक तनाब बढ्नेछ भने आपराधिक क्रियाकलाममा सम्लग्न मानिस सँग टाडै रहनुहोला तपाईलाई प्रलोभनमा पारेर आफ्नो स्वार्थ पुरा गर्न सक्छन् ।

शुभ अंक — १,४ शुभ दिशा — पुर्व

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ भने परिवारजनको आवस्यक्ताहरु पुरा गर्न सकिने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुँने तथा आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । बुवा तथा आफन्तबाट तपाईले थालनि गर्नुभएको काममा सहयोग तथा समर्थन पाईने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । अध्यनमा प्रगति हुँने हुँदा बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ ।

शुभ अंक — १,६ शुभ दिशा — उत्तर

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । सरकारि तथा प्रशासनिक स्थरबाट आवस्यक सहयोग नपाईने हुँदा समयमा कामहरु सम्पादन हुँने छैनन् । अध्ययन तथा अध्यापनमा अलि बढि समय दिन सके नजिता तपाईको पक्षमा आउँनेछ । बिशिष्ट व्याक्तिहरु सँग सन्तुलित व्यावहार गर्नुहोला सामान्य बिवाद हुँन सक्छ । अग्रजहरुको सुझाबलाई सिरोधार्य गर्दै अगाडि बढ्न सके समयले साथ दिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । प्रणय सम्बन्धमा चिसोपनको बिकाश हुनेछ भने घर परिवार तथा आफन्तसग मनमुटाव बढ्ने योग रहेकोछ ।

शुभ अंक — २,६ शुभ दिशा — पुर्व

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) समाजमा लोकप्रिर्य काम गरि दाम तथा दाम दुवै कमाउँन सकिनेछ भने राज्यको तर्फबाट सम्मानित हुँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा अरुको मन जित्दै तथा अरुलाई प्रतिष्पर्धामा हराउँदै पद पाउँने प्रसस्त सम्भावना रहेकोछ । धर्म कर्ममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो उपलब्धि हासिल हुँने हुँदा आफन्त तथा गुरुवर्गहरु प्रशन्न हुनेछन् । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढे गन्तब्य पहिल्याउँन सहज हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले मन प्रशन्न रहनेछ ।

शुभ अंक — १,३ शुभ दिशा — दक्षिण

शुभ रंग — प्याजी कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने हुँदा लामो समय सम्म त्यसको प्रभाव देखिनेछ । आश्वासन बाढ्ने तथा काम गर्दिन्छु भनेर रुपैया पैसा माग्नेहरुदेखि सजक रहनुहोला फसाउँन सक्छन् । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । घर परिवार तथा आफन्त सँग घरायसि कुरामा राय बाजिनेछ भने जीवन साथिसँगको सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिए अनुशार नतिजा ननिस्कने हुँनाले मन खिन्न हुनेछ ।

शुभ अंक — २,८ शुभ दिशा — पुर्व

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आर्थिक रुपमा सम्पन्न हुँन चालिएका प्रयासहरु बिचमानै अवरुद्ध हुँन सक्छन् ध्यान दिनुहोला । व्यापार व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा अबिस्वास बढ्ने तथा बिपरित लिङगदेखि टाडै रहनुहोला । पढाई लेखाईमा खर्चिएको समय कम हुँने हुँनाले अरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । व्यावसायिक तथा पर्यटकिय यात्रा गर्न सकिने भएपनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न किसिमका बाधा तथा अवरोधहरुको सामना गर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला ।

शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) निति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । सत्रुले दुख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुँने छैनन् । सिमित स्रोत तथा साधनबाट असिमित आवस्यक्ताहरु पुरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानिका स्रोतहरु साघुरा हुनेछन् । ऋण लाग्ने तथा समयमा आर्थिक ब्याबस्थापन गर्न नसक्दा कामहरु अरुकै हातमा जानेछ । गोप्यता भङग हुन सक्छ ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । बादबिाद,बिद्या तथा प्रतिश्पर्धामा आजको दिन भाग नलिनु नै राम्रो रहने छ ।

शुभ अंक — २,६ शुभ दिशा — पश्चिम

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।

शुभ अंक — २,३ शुभ दिशा — दक्षिण

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ । आत्मिय मित्र तथा आमासँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा नरामाईलो महशुस हुनेछ । ज्यानको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!