निश्चल बस्नेतले सुरु गरे चलचित्र ‘दिमाग खराब’ को छायांकन — OSNepal

निश्चल बस्नेतले सुरु गरे चलचित्र ‘दिमाग खराब’ को छायांकन

LC (KTM) May 24, 2023 0

काठमाडौं । निश्चल बस्नेत निर्देशनले गर्न लागेको चलचित्र ‘दिमाग खराब’ को छायांकन सुरु भएको छ । सोमबारदेखि काभ्रेको पाँचखालबाट सुरु भएको यो चलचित्रको बुढानीलकण्ठ मन्दिरमा शुभसाइत गरिएपछि औपचारिक रुपमै छायांकन थालिएको हो । अभिनेत्री स्वस्तिमा खड्काले ४० दिनको तालिकासहित छायांकन सुरु गरिएको जानकारी दिइन् । ‘पिपुल भर्सेस पावर’ को बटमलाइनमा निर्माण गर्न लागिएको यो चलचित्रको शीर्ष भूमिकामा अभिनेत्री स्वस्तिमासहित अभिनेता दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा र विजय बराल छन् ।सौर्य दैनिकमा खबर छ ।

वि।सं। २०७४ सालमा प्रदर्शनमा आएको चलचित्र ‘लुट’ को दोस्रो शृंखलापछि बस्नेत निर्देशनमा फर्किएका हुन् । ‘दिमाग खराब’ स्वस्तिमा र निश्चलबीचको पहिलो सहकार्य फिचर चलचित्रसमेत हुनेछ । यी दुईले ‘घामड शेरे’ र केही गीति भिडियोमा सहकार्य गरेका छन् । ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टको ब्यानरमा बन्न लागेको यो चलचित्रलाई सुसन प्रजापतिले छायांकन गरिरहेका छन् । आगामी कात्तिक २४ गते देशव्यापी प्रदर्शनमा आउने गरी काम अगाडि बढाइएको निर्माण पक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर