चुनावको मुखमा ठूला र अवसरवादी नेताको सातो खाने गीत (भिडियो हेर्नुहोस्)

Posted By OSNepal, California, USA || Date: 6 December, 2017

काठमाडौं : शीर्ष नेता अवसरवादी हुँदा देशमा विकास हुन नसकेको कुरा जगजायर नै छ । समाजमा नेताहरुले नै विकासको बहार भित्र्याउन नसेको भनेर पटकपटक आलोचना र व्यङ्ग्यवाण हुँदै आएको छ ।

देशका पछिल्ला बेथितिलाई व्यङ्ग्यगर्दै पत्रकार महेस नेपालले नयाँ भिडियो सार्वजनिक गरेका छन् । देशमा घट्ने हरेक घटना र बेथितिलाई एकदम तीखो ब्यङ्ग्य प्रहार गर्न सक्ने खुबी नै उनको पछिल्लो परिचय बन्दै गएको छ । । गीत लेख्ने, गाउँने र संगीत भर्ने महेसले गाएको ‘कस्लाई चिन्ता छ र…’ बोलको गीतले यत्तिबेला युट्युब बजारमा तातेको छ ।

अस्त ब्यस्त देशको राजनीतीको कारण कयौँ कलकारखाना बन्द हुँदा बढेको बेरोजगारी, दिनदिनै बढीरहेको भ्रष्टाचार, सीमामा भारतीयको हेपाहा प्रबृत्ती, आफ्नो मौलिकता बिर्सिदै गएका नयाँ पुस्ता र देशको जनशक्ती सबै बिदेशमा पलायन हुँदा कमजोर बनेको देशको अर्थ तन्त्र लगायतका समसामयिक कुरा गीतमा समेटिएको छ ।

दक्ष जनशक्तिलाई बिदेस लखेटेर सोझासाझा जनतालाई पेलेर देश लुट्ने नेताका खोल ओडेकालार्इ गीतले दरो झापड दिएको छ । मीठो शब्द लेख्न माहिर सर्जक प्रकाश पुरीको शब्द र रमेश श्रेष्ठको मिठो लयमा निर्माण भएको गितमा महेश नेपाल, कुशल राज घोरासैनी र गीतादेबीको आवाज समेटिएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!