भगौडा छापामार र रुखमा चिच्याउने लङ्गुरले रबि लामिछानेलाई पत्रकारिता सिकाउन पर्दैन

Posted By OSNepal, California, USA || Date: 6 December, 2017

-महेश नेपाल
बिगत केही दिनदेखी शृङ्खलाबद्ध रुपमा अहिलेका चर्चित पत्रकार करोडौं नेपालीले आशा तथा भरोसाको केन्द्रको रुपमा लिईरहेका एक आईडल ‘रबि लामिछाने’ बिरुद्ध केही हरिया झिगाहरु भुनभुनाईरहेको देखेको छु । यि सारा कुरा आँखा अगाडि देख्दा देख्दै चुपो लागेर बस्न मनले मानेन । सागबारिमा अनावश्यक झारलाई उखाल्न सकिएन भने साग सकाईदिन्छ मैले बुझेको छु । झारलाई सकेसम्म जरै बाट निमिट्यान्न पार्नुपर्छ । त्यसैले केही लेख्न लागिरहेको छु । हुन त मान्छे भए न मेरा भाषा बुझ्लान । ती हरिया झिँगाहरुले खै के बुझ्लान तर पनि मेरो धर्मले चुपो लागेर बस्न दिएन र केही लेख्दैछु । पत्रकारिता के हो पत्रकारको धर्म के हो र पत्रकारिता कति किसिमका हुन्छन ? दिल निशानी मगर र मुकुन्देलाई देशभक्त नेपालिको पहिलो छ । यसको जवाफ हामीलाई सिधै दिनुपर्दैन कुनै पनी मिडियाबाट दिए हुन्छ । अर्को प्रश्न तिमिहरुको मिडियामा कति बर्षको अनुभव छ र तिमिहरुको ब्याकराउण्ड के हो ? तिमिहरुले रबि लामिछानेलाई सिकाउने हैसियत के आधारले छ ? आधार प्रस्तुत गर। यि दुई प्रश्नको गतिलो जवाफ छातीमा हात राखेर दिन सकेको दिन तिमिहरुको मुख आफै बन्द हुनेछ जसरी अहिले तिमिहरु रबि लामिछानेको विरुद्ध बोलिरहेका छौ ।

देश चुतर्फी रुपमा निराशाले घेरिएर अन्धकार तर्फ धकेलिनै लागेको बेला एउटा उज्यालो ज्योतिको रुपमा उदाएको नाम हो रबि लामिछाने । जसलाई तीन करोड नेपालिको साथ छ । दलाली, भ्रष्ट्राचार, घुसखोरी, अनियमितता लगायत सारा समस्या समाधान र सुसाशनको लागी रातदिन खाई नखाई खटेको छ । राज्यले गर्नुपर्ने काम यो हो भनेर फलोअप गर्ने, पुलिस प्रशासनले गरेको भ्रष्टाचार उदाँगो पार्दिने, देश सिध्याउने धमिराहरुलाई घुस लिदालिदै रंगेहात पक्राउ गर्ने, ठेक्कापट्टामा अनियमितता गर्ने र दादागिरी देखाउने गुण्डा र डनहरुलाई कायनबाचा गराउने, बिदेशमा फसेका, दु:ख पाएका हाम्रा चेलिहरु, हाम्रा दाजुभाईहरुलाई स्वदेश फर्काउन मरिमेटेर लाग्ने लगायत जनता संग सम्बन्धीत हरेक बिषयबस्तुलाई उठाएर निर्मुल पार्न लागीपर्ने यस्ता जोशिला खम्बालाई दलाल र दलाल नेता भनाउँदाको पुछर बनेर हिड्ने दुईचार झुसिल किराले कमजोर बनाउने प्रयत्न गरेको देख्दा अट्टाहस रुपले हाँसिदिन मन लाग्छ । हरे ! तिमिहरुको खोपडी । एक पटक खोपडी चेक गर राम्रो डक्टर संग गएर डिमागमा गिदी छकी अरुनै केही छ भनेर । रबि लामिछाने दाईले गरेको कुन काम गलत छ ? आफू पनि गर्न नसक्ने अरुले पनी गरेको देखि नसहने ? ऋषि धमलालाई आईडल मान्ने तिमिहरुको हैसियत र योग्यता बुझेकाछौँ हामीले पनी ।

एउटा भगौडा छापामार र रुखमा चडेर लंगुर जस्तो भाषण ठोक्दै हिड्ने लगभग सबैले भन्ने गरेको अर्ध पागल जस्तो मान्छेले गिनिजबुकमा नाम लेखाई सकेको रबि लामिछाने जस्तो पत्रकारलाई पत्रकारिता नसिकाए हुन्छ । नेपाली त्यति लाटा छैनन पत्रकारिताको धर्म के हो नबुझ्ने । चर्चा पाउनकै लागि जुनसुकै कुकर्म पनि गर्न तयार हुने निशानी र मुकुन्दे जस्तो प्रबृत्ती भएकाहरु मिल्नेथ्यो र चर्चा पाईन्थ्यो भने छाडा तरुनी जस्तै नाङ्गा तिघ्रा देखाएर हिड्न बेर लाउदैनथे हामीले बुझेका छौं । तिमिहरु कस्तो समाज चाहिरहेकाछौ मुकुन्दे र दिलेहरु ? तिमिहरुले आलोचना बाहेक अरु के गर्न जानेका छौ? एउटा त्यस्तो केही सबुद भए पेश गर हिम्मत छ ?? नेपालीहरु सेरिएर मर्न तयार छन । सँधै बिरोधको लागी बिरोध गरेर के गर्न खोजेको ? सक्छौ अफु गरेर देखाउ तर सक्दैनौ भने करोडौ नेपालीको छातीमा बुट बजार्ने काम बन्द गर । नत्र देशभक्त नेपालीहरुले तिमिहरुलाई उसै छोड्ने छैनन चेत रहोस । तिमिहरु जस्तो पानी मरुवाहरु चिच्याएर रबि लामिछानेलाई केही फरक पर्ने छैन । रबि लामिछाने जस्तो देश भक्त पत्रकारलाई तीन करोड नेपालीको साथ छ । ठण्डा दिमागले के बुझिराख भन्दा ‘कुत्ता भुके हजार हात्ती लम्के बजार’ । तिमिहरुको भुकाईले न रबि लामिछाने दाईको बोली बन्द हुने छ न नेपालीले सपोर्ट गर्ननै छाड्ने छन, हेक्का रहोस । जय देश !!!

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!