विश्वकप आयोजक रुसमाथि ओलिम्पिक्समा प्रतिबन्ध : रुसमा आक्रोश

Posted By OSNepal, California, USA || Date: 6 December, 2017

काठमाडौं : शीतकालिन ओलम्पिक्समा रुसमाथि प्रतिबन्ध लागेको छ । दुई महिनापछि दक्षिण कोरियामा शीतकालीन ओलिम्पिक्स हुन गइरहेको छ।अन्तर्राष्ट्रिय ओलिम्पिक समिति (आइओसी)ले ओलिम्पिक्समा भाग लिनबाट प्रतिबन्ध लगाएपछि रुसमा आक्रोशयुक्त प्रतिक्रियाहरु व्यक्त भइरहेका छन्।

आइओसीको एउटा प्रतिवेदनले प्रतिबन्धित औषधीको प्रयोग नियन्त्रण सम्बन्धी प्रणालीलाई रुसले अभूतपूर्व र व्यवस्थित ढङ्गले मिचिरहेको देखाएको थियो। रुसी ओलिम्पिक कमिटिले उक्त प्रतिबन्धविरुद्ध पुनरावेदन दिने बताएको छ। पूर्व खेलकुदमन्त्री समेत रहेका रुसी उपप्रधानमन्त्री भिटाली मुट्कोलाई आजीवन प्रतिबन्ध लगाइएको छ।

समाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै रुसी विदेशमन्त्रालयकी प्रवक्ताले विश्व युद्ध, सोभियत संघको विघटन र कैयौँ प्रतिबन्धबाट बाँचेर अघि बढेको रुसलाई अहिले पनि केही फरक नपर्ने बताएकी छन्।

रुसको सोचीमा सन् २०१४ मा भएको शीतकालीन ओलिम्पिक्सका क्रममा राज्यको संलग्नतामा ुडोपिङु भएको आरोपमाथि अनुसन्धान भएपछि यो निर्णय लिइएको बताइएको छ। आइओसीले भनेको छ, ‘यो निर्णयले नराम्रो प्रवृत्तिप्रति एउटा रेखा कोरिदिएको छ।’

यो निर्णयको रुसमा भर्त्सना गरिएको छ केही राजनीतिकर्मीले खेलबाट बाहिरिनुपर्ने बताएका छन्।तर केहीले भने स्वच्छ खेलाडीहरुले सहभागी हुन पाउने मौकाको स्वागत गरेका छन्।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!