कपिल शर्माको नयाँ फिल्म फिरंगी नचलेपछि भूमिगत बने उनी, देखि नै छाडे सार्वजनिक कार्यक्रममा पनि

Posted By OSNepal, California, USA || Date: 6 December, 2017

एजेन्सी । बलिउडका चर्चित हाँस्कलाकार कपिल शर्माले निर्माण गरेको नयाँ फिल्म फिरंगी फ्ल्प भएपछि कपिल सार्वजनिक कार्यक्रममा नै देखिन छाडेका छन् । कपिलको पछिल्लो समय घट्दो क्रममा रहेको क्रेजका बिच यो फिल्म पनि नचलेपछि उनी निकै तनावमा देखिएका हुन् । जसका कारण उनलाई पुन डिप्रेशन भएको बताइएको छ ।

प्रदर्शनको चार दिनसम्ममा फिरंगीले १० करोडको व्यापार गर्न सकेको छैन । पहिलो दिन यसले २ करोड कमाएको थियो दोस्रो दिन साढे दुई करोड । प्रर्दशनमा आएको करिब १ साता हुन लाग्दा यो फिल्मले जम्मा १० ररोड मात्रै कमाएको बताइएको छ । निरन्तरको असफलताले डिप्रेसनमा पुगेका कपिल सहकर्मी भारती सिंहको बिहेमा समेत गएनन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!