दुनियाकै अचम्मको कानुन पाकिस्तानमा, त्यहाँको कानुन पढ्नु भयो भने तपाईको मुटु काप्न सक्छ

Posted By OSNepal, California, USA || Date: 6 December, 2017

हुन त हरेक देशमा कुनै न कुनै अचम्मका कानुन हुन्छन् । आज हामी तपाईंलाई पाकिस्तानका यस्ता अचम्मका कानूनबारे जानकारी दिँदै छौं जसबारे थाहा पाउँदा अचम्म हुनुहुनेछ तपाईं ।

१. कसैको फोन छुँदा हुन्छ सजायँ

यहाँ कसैको अनुमती बिना फोन छुन अवैध छ । यसका लागि तपाईंलाई ६ महिनाको जेल सजायँ पनि हुनसक्छ ।

२. पढ्दा लाग्छ कर

यदि कुनै विद्यार्थीको पढाईमा वार्षिक २ लाखभन्दा बढि रकम खर्च हुन्छ भने ती व्यक्तिले ५ प्रतिशत ट्याक्स तिर्नुपर्ने हुन्छ ।

३. कुनै पनि पाकिस्तानी इजरायल जान सक्दैनँ

पाकिस्तान आफ्नो कुनै पनि नागरिकलाई इजरायल जानका लागि अनुमती दिँदैन । जसका कारण कोही पाकिस्तानी यहाँबाट सिधै इजरायल जान सक्दैन । पाकिस्तानले इजरायललाई देश नै मान्दैनँ त्यसकारण यसले आफ्नो नागरिकलाई त्यहाँ जान अनुमती दिँदैन ।

४. देशका प्रधानमन्त्रीको खिल्ली उडाउन पाइँदैन

यहाँका प्रधानमन्त्रीको कसैले पनि खिल्ली उडाए ठूलै जरिवाना दिनुपर्छ । ५. प्रेमीकासँग बसे पुलिसले धेर्नेछः पाकिस्तानी कानूनका अनुसार तपाईं विवाहभन्दा पहिले कुनै पनि महिलासँग बस्न सक्नुहुन्न । यो कानून विपरित हो ।

६. वर्षको एक महिना बाहिर खान मनाही

पाकिस्तानमा रमजानको एक महिना घरबाहिर खान गैरकानुनी छ । तपाईं मुश्लिम नभएपनि यो नियम पालना गर्न आवश्यक छ ।

७. अशिक्षित पनि बन्न सक्छन् प्रधानमन्त्री

यो देशका लागि प्रधानमन्त्री वा राष्ट्रपति बन्नका लागि शिक्षित हुन आवश्यक छैन तर कुनै विद्यालयको सुरक्षागार्डमा नियुक्त हुनका लागि तपाईं शिक्षित हुन आवश्यक छ ।

८. केही शब्दका अंग्रेजी अनुवाद अवैध

केही अरबी शब्द जस्तै अल्लाह, मस्जिद, रसूल वा नबीजस्ता शब्दलाई अंग्रेजीमा रुपान्तरण गर्न पाइँदैन ।

९. आर्मीमा तेस्रोलिङ्गी समावेश हुन पाउँदैनन्

यहाँ तेस्रोलिङ्गीले आर्मीमा भर्ना हुन पाउँदैनन् । स्मरण रहोस्, यहाँ तेस्रोलिङ्गीको संख्या धेरै छ ।

१०. स्प्याम मेसेज पठाउन अवैध

यहाँ कसैले पनि तपाईंलाई अनावश्यक मेसेज पठाउन सक्दैनन् । यस्तो गरेको पत्ता लागे तपाईंले १० लाखसम्मको जरिवाना तिर्नुपर्ने हुन्छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!