साफ महिला फुटबल च्याम्पियनसिपमा स्याङ्जाबाट मात्रै सात खेलाडी छानिए

Posted By OSNepal, California, USA || Date: 6 December, 2017

स्याङ्जा : पन्ध्र वर्षमुनिको साफ महिला फुटबल च्याम्पियनसिपका लागि स्याङ्जाबाट सात महिला खेलाडी छानिएका छन् । आगामी पुस २ गतेदेखि ९ गतेसम्म बंगलादेशमा हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ एन्फाले घोषणा गरेको २० सदस्यीय टोलीमा सात खेलाडी स्याङजाबाट पर्न सफल भएका ट्रिनिटी क्लब वालिङका प्रशिक्षक दिलीप थापाले बताउनुभयो ।

स्याङ्जाबाट सरिष्मा थापा, सुस्मा जिटी, पुष्पा गुरुङ, सरस्वती हमाल, रिया बानु, अस्मिता रनपाल र मनमाया विक च्याम्पियनसिपका लागि छनौट भएका हुन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!