अमेरिकामा नारायण गोपालको स्मृति सभा हुँदै

Posted By OSNepal, California, USA || Date: 7 December, 2017

ध्रुब कुँवर

क्यालिफोर्निया : लाइन्स क्लब अफ बर्कली लालिगुराँस र नेपाल प्रोडक्सन हाउसको सयुक्त आयोजना मा अमेरिकामा नारायण गोपालको स्मृतिसभा हुने भएको छ ।

डिसेम्बर ९ तारिखमा साँझको ६ बजे देखी १० बजे सम्म क्यालिफोर्नियाको बर्कलीमा सभा हुन लागेको हो । आयोजकका अनुसार अबस्थित ब्रिज चर्च (ठेगाना ः २४१९ मार्टिन लुथर किङ जुनियर वे, बर्कली, क्यालिफोर्निया ९४७–४) मा स्वरसम्राट नारायण गोपाल स्‍मृति सभा हुन लागेको हो । स्‍मृति सभा लाइन्स क्लब अफ बर्कली लालिगुरास र नेपाल प्रोडक्सन हाउसको संयुक्त आयोजनाको दोश्रो प्रस्तुती हो ।

अमेरिकामा पहिलो पटक हुनगइरहेको नारायण गोपाल स्‍मृति सभामा उल्लेख्य दर्सकको उपस्थिति हुने विश्वास आयोजकको छ ।

ऐतिहासिक सांगीतिक कार्यक्रममा समयमानै उपस्थित भइ नारायण गोपालप्रति सम्मान प्रकट गर्न आयोजकले सबैलाई आह्वान गरेको छ ।

कार्यक्रममा वरिष्ठ संगीतकार मदन दिपबिम, चिरपरिचित तबलाबादक रत्तु लामा, तथा अन्य अनुभभी संगीतकर्मी सहभागी हुने छन् । उनीहरुको सांगीतिक प्रस्तुतिका साथ कार्यक्रम भव्य हुँदै छ ।

सँगै स्थानीय लाकारहरुले प्रस्तुत गर्ने स्वर्गिय नारायण गोपालका सुमधुर गीतहरुमा झुल्न, रमाउन, आनन्द लिने सकिने आयोजकको भनाइ छ ।

लाइन्स क्लब अफ बर्कली लालिगुरासका चार्टर प्रेसिडेन्ट निर्मल फुंयालका अनुसार यो एउटा परम्पराको सुरुवात हो । उनले भने, ‘हामीले प्रबास मा गरिरहेका छौ ता कि अब आउने पुस्ताहरुले अग्रज हरुको सम्मान गरुन र त्यो परम्परा कायम रहोस ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!